ढकिया बनाउने परम्परागत थारु सीप हराउँदै, ढकिया लोप हुँदै

ढकिया बनाउने परम्परागत थारु सीप हराउँदै, ढकिया लोप हुँदै
दाङ (लमही), फागुन २२ गते । थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ बनाउने परम्परागत थारु सीप हराउँदै गएपछि थारु समुदायमा पछिल्लो समय ढकिया पनि लोप हुन थालेको छ ।नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारूको पहिचानसँग जोडिए छ”, उहाँल भन्नुभयो,...

महिलाहरु नेतृत्वमा आएपछि भुवर भवानी सामुदायिक बनले गति लियो

महिलाहरु नेतृत्वमा आएपछि भुवर भवानी सामुदायिक बनले गति लियो
भगतराम थारु नेपालगन्ज, फागुन २० गते । भुवर भवानी सामुदायिक बनलाई महिलाहरुले नेतृत्व लिएपछि राम्रो आम्दानी गर्न सफल भएको छ । उपभोक्ता समितिले आफुले गरेको कामबारे पत्रकार सम्मेलन गरी हालै सार्वजनिक गरेको छ । भुवर भवानी सामुदायिक बन उपभोक्ता समितिमा महिलाहरुको नेतृत्वले राम्रो कार्य गर्दै आएको हुनाले स्थानिय पनि सन्तुष्ट छन् ।...

पूर्ण समावेशीताको माग गर्दै फोनिज भेला सम्पन्न, तेह्र बुँदे घोषणापत्र जारी

पूर्ण समावेशीताको माग गर्दै फोनिज भेला सम्पन्न, तेह्र बुँदे घोषणापत्र जारी
लक्की चौधरी घाचोक (कास्की), फागुन ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रवद्र्धन विकासका लागि पाँच वर्षभित्र तीनसय गाउँमा होमस्टे सञ्चालन गरिने बताउनुभएको छ । गाउँको आर्थिक समृद्धि कायम गर्न होमस्टे उपयुक्त विकल्प भएको उहाँले चर्चा गर्नुभयो । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेलाको उदघाटन कार्यक्रममा बुधबार यहाँ...

अजय चौधरीको मत्स्य फार्मले कानपाराको परिचय बदलिएको छ

अजय चौधरीको मत्स्य फार्मले कानपाराको परिचय बदलिएको छ
बुटवल, फागुन ६ गते । तीन वर्षअघिसम्म खेती किसानी मात्रै हुने तिलोत्तमा नगरपालिका १७ कानपाराको स्वरुप र परिचय अहिले फेरिएको छ । खेती लगाउने बेलाबाहेक अरु बेला सुनसान र निर्जन यो ठाउं यतिबेला बेग्लै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिवर्तन भएको छ । जिल्ला विकास समिति रुपन्देहीमा ६ वर्षसम्म कार्यक्रम अधिकृत र...

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकलाई कारवाही हुन्छः मेयर चौधरी

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकलाई कारवाही हुन्छः मेयर चौधरी
कारी महतो खैरहनी, माघ २२ गते । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि पञ्च तत्वले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले बताउनुभएको छ । नगरप्रमुख चौधरीले विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समिति र नगरपालिकालाई पञ्च तत्वको रुपमा परिभाषित गर्नुभयो । नगरप्रमुख चौधरीले खैरहनी नगरपालिकामा रहेका सबै विद्यालयको शैक्षिक र भौतिक...

आदिबासी जनजातिहरुको माग सम्बोधन नगरी नेपाल समृद्ध बन्न सक्दैन

आदिबासी जनजातिहरुको माग सम्बोधन नगरी नेपाल समृद्ध बन्न सक्दैन
जनकपुर, माघ २१ गते । प्रदेश २ का आदिवासी जनजातिहरूले दिगो विकासका लागि जनजातिका सवालहरू सम्बोधन नगरी नेपालमा सम्बृद्धि सम्भव नभएको बताएका छन् । जनकपुरधाममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), मधेस–मिथिला प्रदेश समन्वय परिषद् र नेपालका आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप)द्वारा शनिबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले सो कुरा बताएका हुन्...

टीकापुर राजबन्दीको परिवारलाई थारु महिला उत्थान समाजको सहयोग

टीकापुर राजबन्दीको परिवारलाई थारु महिला उत्थान समाजको सहयोग
धनगढी, माघ १३ गते । थारु महिला उत्थान समाज सुनसरीले टीकापुर घटनाको आरोपमा थुनामा रहेका परिवारका बालबालिकाको पठन पाठनका लागि आर्थिक सहयोग प्रदान गरेको छ । राजबन्दीका परिवारका बालबालिकाहरुको पठन पाठनमा आवश्यक सहयोग पुगोस भनेर ३० हजार रुपियाँ नगद सहयोग उत्थान समाजले आइतबार धनगढीमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो । थारु...

बुद्धिमानले करेन्ट लागेर दुबै हात र एक खुट्टा गुमाए, परिवारको विचल्ली

बुद्धिमानले करेन्ट लागेर दुबै हात र एक खुट्टा गुमाए, परिवारको विचल्ली
भगतराम थारु नेपालगन्ज, माघ ९ गते । बाँकेको बैजनाथ गाउँपालिका ८ कर्लिमाक्रा बुद्धिमान कुवंर भारतको सिमलाबाट दुई हात र एक खुट्टा गुमाएर फर्केका छन् । उनले बोकेको सरिया विद्युतको तारमा छोएपछि बुद्धिमानलाई करेन्ट लागेको थियो । गरिवीका कारण सधै भारतमा कमाउन जाने बुद्धिमानको घरपरिवार पनि भारतकै कमाईले धान्दै आएको थियो । सानो...

जमुनाहा बजार भारतीय नागरिकले र रुपैडिहा बजार नेपाली नागरिकले धाने

जमुनाहा बजार भारतीय नागरिकले र रुपैडिहा बजार नेपाली नागरिकले धाने
भगतराम थारु नेपालगञ्ज, माघ ८ गते । नेपाल–भारतको सिमाना नजिकै नेपाली जमुनाहा बजारलाई भारतीय नागरिकले धानेका छन् । भारतीय बजार रुपैडिहालाई नेपाली नागरिकले धानेका छन । नेपाली नागरिक भारतमा सस्तो सामान पाइन्छ भनेर भारतको रुपैडिहा किनमेलका लागि जान्छन भने भारतीय नागरिक नेपाली बजार जमुनाहामा सस्तो र टिकाउ सामान पाइन्छ भन्दै किनमेल गर्न...

चितवनको खिचरा महोत्सवमा ८० जना कृषकहरु भए नगदसहित पुरस्कृत

चितवनको खिचरा महोत्सवमा ८० जना कृषकहरु भए नगदसहित पुरस्कृत
कारी महतो खैरहनी, माघ ६ गते । चितवनका उत्कृष्ट ८० जना कृषकलाई खिचरा महोत्सवमा पुरस्कृत गरिएको छ । कृषकहरुलाई नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको थियो । सामुहिक रुपमा खेती गर्न अभियान चलाएमा “सुखी जीवन समृद्ध चितवन” बनाउन सकिने कुरा प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन्...