धनगढीको जाइँ गाउँमा थारु हरेरी पूजा महोत्सव २०७६ को तयारी
लक्की चौधरी
धनगढी, साउन १५ गते । खेतीबारी हरियालीको कामना सहित थारु समुदायले मनाउने हरेरी पूजालाई धनगढी ५, जाइँ गाउँका थारु समुदायले हरेरी महोत्सवकोरुपमा मनाउने तयारी गरेका छन् । भदौ २ देखि ५ गतेसम्म महोत्सव आयोजना हुने बरघर (भलमन्सा) कुलवीर चौधरीले बताउनुभयो ।
रोपाईको काम सकेपछि खेतबारी हरियाली भएकाबेला किराकाँटी नलागुन् र...














