मातृभाषा शिक्षाले रानाथारु समुदायमा विद्यार्थीको चाप बढायो

मातृभाषा शिक्षाले रानाथारु समुदायमा विद्यार्थीको चाप बढायो
कञ्चनपुर, फागुन १४ गते । राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ । घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य प्रतिशतमा झरेको छ । भाषा बुझाईले विद्यालयमा विद्यार्थीको चाप बढ्दैगएको शिक्षकको...

राजबन्दीलाई रिहाई नगरिए चुनाव हुन नदिने थारु अगुवाको चेतावनी

राजबन्दीलाई रिहाई नगरिए चुनाव हुन नदिने थारु अगुवाको चेतावनी
कैलाली, फागुन १४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीसहितका आधा दर्जन संघ संस्थाले टीकापुर घटनाको आरोपमा पक्राउ परेका राजबन्दी थारुलाई रिहाई नगर्दासम्म कैलाली र कञ्चनपुरमा स्थानीयतहको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । घटनामा आरोप लगाएर पक्राउ परेकाहरुको तत्काल मुद्दा खारेज हुनुपर्ने, भाद्र ८ गते थारुको घरमा भएको आगजनीको...

पत्रकार महासंघ दाङको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित

पत्रकार महासंघ दाङको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित
काठमाडौं, फागुन १३ गते । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित हुनुभएको छ । यसअघि शुक्रबार नै बाँके शाखाको अध्यक्षमा निर्वाचित भएर ठाकुरसिंह थारुले जिल्ला अध्यक्षमा थारुको पहिलो खाता खोल्नुभएको थियो । दाङ शाखामा पनि बाँकेमाजस्तै छ जना थारु निर्वाचित भएका छन् । अध्यक्ष प्रियसन सँगै जिल्ला...

फागुन २० देखि मसान्तसम्म थरुहट संघर्ष समितिले विरोधसभा गर्ने

फागुन २० देखि मसान्तसम्म थरुहट संघर्ष समितिले विरोधसभा गर्ने
गीता चौधरी काठमाडौं, फागुन १३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले फागुन २० देखि ३० गतेसम्म उपत्यकासहित थरुहट जिल्लामा विरोधसभासहितको दवावको कार्यक्रम सार्वजनिक गरेको छ । संशेधन प्रस्ताव पारित नगरेरै स्थानीयतहको निर्वाचन घोषणाको समितिले विरोध गरेको छ । संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणीसभाका अध्यक्ष धनीराम चौधरीले शुक्रबार विज्ञप्ती जारीगर्दै...

पत्रकार महासंघमा थारु पत्रकारको सहभागीता उत्साहजनक

पत्रकार महासंघमा थारु पत्रकारको सहभागीता उत्साहजनक
लक्की चौधरी काठमाडौं, फागुन १३ गते । नेपाल पत्रकार महासंघको जारी निर्वाचनबाट थारु बहुल जिल्लामा थारु पत्रकारको प्रतिनिधित्व उत्साहजनक रहेको छ । अहिलेसम्म आएको परिणामअनुसार महासंघको केन्द्रीय पार्ससद, प्रदेश पार्सद, जिल्ला नेतृत्वदेखि पदाधिकारी र सदस्यसम्म थारु पत्रकारको सहभागिता राम्रो देखिएको छ । फागुन १२ गते मंगलबार बाँकेमा सम्पन्न महासंघको निर्वाचनबाट अध्यक्षमा ठाकुरसिंह...

चित्तवनमा ५५ लाख रुपियाँमा कल्याणकारिणी सभाको भवन बन्ने

चित्तवनमा ५५ लाख रुपियाँमा कल्याणकारिणी सभाको भवन बन्ने
कारी महतो चित्तवन, (रत्ननगर) फागुन १२ गते । थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको ५५ लाख रुपियाँको बजेटमा भवन बन्ने भएको छ । भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको समुपस्थितिमा विहिबार भएको एक भेलाबाट ११ सदस्यीय भवन निर्माण समिति गठन गरेको छ । चितवनको निर्वाचन क्षेत्र नं. २ बाट पहिलो संविधानसभाको...

तोकिएको स्थानीयतहको निर्वाचनले मुलुकमा अस्थिरता निम्तिन्छ

तोकिएको स्थानीयतहको निर्वाचनले मुलुकमा अस्थिरता निम्तिन्छ
काठमाडौं, फागुन १२ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकारले घोषणा गरेको स्थानीयतहको निर्वाचनले मुलुकलाई झनै अस्थिरतातर्फ लग्ने बताएको छ । विहिबार दुवै दलको तर्फबाट संयुक्त विज्ञप्ती जारीगर्दै सो दलले त्यस्तो दावी गरेको हो । स्थानीयतह निर्वाचनको अहिलेसम्म संरचनासमेत नबनेको...

अवको निर्वाचनमा एमालेले सबै दललाई बढार्छः नेता नेपाल

अवको निर्वाचनमा एमालेले सबै दललाई बढार्छः नेता नेपाल
सरकारले गत सोमबार आगामी वैशाख ३१ गते गर्नेगरी स्थानीयतहको निर्वाचनको मिति सार्वजनिक गरेको छ ? यसलाई नेकपा (एमाले) ले कसरी हेरेको छ ? प्रधानमन्त्रीले बल्ल आँट गर्नुभयो । उहाँले बुद्धि पु¥याउनुभयो । धेरै समय आलटाल गरेर राष्ट्रिय दायित्व र जिम्मेवारी पूरागर्न सक्नुभएको थिएन । नेता र पार्टीपिच्छे गएर पार लाग्दैन ।...

हमारथिन स्रोत बा, वैज्ञानिक प्रयोग करे नै स्याकथुई (थारुभाषा)

हमारथिन स्रोत बा, वैज्ञानिक प्रयोग करे नै स्याकथुई (थारुभाषा)
मोहनलाल चौधरी, राजापुर नगरपालिका ७, बदालपुर, बर्दियाक स्थायी निबासी हुइट । हाल उहाँ ठाकुरद्धाराम थारु होम रिसोर्ट सञ्चालनमे लन्ल बाट । थारु समुदायक शिक्षा, आर्थिक, सामाजिक ओ राजनीतिक परिवर्तन, विकासक लाग हुँकार बिशेस झुकाब बाटिन् । स्टेप्स का हो ? यि अंग्रेजीम स्टेप्स हो । याकर पुरा रुप कलक सस्टेनेबल फर एजुकेशन...

प्रादेशीक मोर्चा आवद्ध संघर्ष समितिले गर्यो निर्वाचन स्थगन गर्न माग

प्रादेशीक मोर्चा आवद्ध संघर्ष समितिले गर्यो निर्वाचन स्थगन गर्न माग
फाइल तस्विरः थरुहट संघर्ष समिति काठमाडौं, फागुन ११ गते । संयुक्त प्रादेशीक मोर्चा आवद्ध संघर्ष समितिहरुले संविधान संशोधन प्रस्ताव थाँतीराखेर एकाएक गरेको स्थानीयतहको निर्वाचनको घोषणाप्रति गम्भीर आपत्ति जनाएका छन् । बुधबार मोर्चाको नामबाट संयुक्त विज्ञप्ती जारी गर्दै आवद्ध समितिहरुले निर्वाचनको घोषणा आफूहरुप्रतिको धोका भएको टिप्पणी गरेका छन् । स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र,...