संवैधानिक संकटबाट पार लगाउन नेतालाई राष्ट्रपतिको ध्यानाकर्षण
लक्की चौधरी
काठमाडौं, फागुन २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले निर्दिष्ट गरेको समयावधि भित्र तीनवटै तहको निर्वाचन गरी मुलुकलाई राजनीतिक अस्थिरता तथा संवैधानिक संकटबाट पार लगाउन प्रमुख दलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ ।
पछिल्लो समय दलका नेताहरुबीचको तिक्तता बढ्दैगएको र निर्वाचनमा ढिलाई हुने देखेपछि राष्ट्रपति भण्डारीले सोमबार प्रमुख सातदललाई शितल निवासमै...














