ब्यानर समाचार
थारु विद्यार्थी सभा गठनः विकल्प कि विभ्रम !
पृष्ठभूमीः
थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करारगर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाकोबखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरुबीच प्रतिस्पर्धा तिब्र हुनेहुन की...
आयोगले माघ १ गतेसम्म उजुरीको म्याद थप्यो, अहिलेसम्म १९० उजुरी
अहिले देशमा चलिरहेको द्वण्द्व आस्थाको द्वण्द्व होः विश्लेषक सिके लाल
काठमाडौं, पुस १५ गते । राजनीतिक विश्लेषक सिके लालले अहिले भइरहेको देशको समस्या आस्थाको द्वन्द्व भएको बताउनुभएको छ । व्यवस्थाको द्वन्द्व शान्तिपूर्ण तरिकाले निरुपण हुन्छ, आस्थाको द्वन्द्व शान्तिपूर्ण तरिकाले सधैंभरि निरुपण हुँदैन, उहाँको भनाई छ।
उदाहरण इतिहासको एउटा
पद्म समशेरले संविधान बनाए । संविधान बनाएपछि तत्कालीन नेपाली कांग्रेसलाई भनियो, यसलाई मान ।...
सांसद गंगा थारुलाई मिनराज थारुको खुलापत्र, भ्रमको खेती नगर्नुस्
थरुहट तराई पार्टी नेपालबाट निष्कासनमा पर्नुभएकी गंगा चौधरीले यसकारण थरुहट तराई पार्टी नेपालबाट बिद्रोह गरेको विषयमा हमार पहुरा डट कममा प्रकाशित समाचार अध्ययन गर्ने अवसर मिल्यो । उहाँसंग सो न्यूज पोर्टलका संचालक, एवं पत्रकार लक्की चौधरीले कुराकानी गर्दै प्रकाशन गर्नुभएको सामाचारसंगैै गंगा चौधरीको हस्तलिखित पत्र संलग्न गरिएको रहेछ । पत्रलाई...
आउने वर्षदेखि एस.एल.सी. परीक्षा हुँदैन, एस.ई.ई. हुन्छः पनिका
रिहर्सलमा भुरभुरा रहरः नाटकमा थारु समाजको जीवन्त अभिनय
लक्की चौधरी
काठमाडौं, पुस १३ गते । नाटककार तथा साहित्यकार सुशील थारुको पछिल्लो नाटक ‘भुरभुर्रा रहर’ मञ्चनको तयारीमा छ । पुस १५ देखि २३ गतेसम्म कालिकास्थान काठमाडौंको सर्वनाम थियटरमा मञ्चन हुने बताइएको छ ।
नाटककार थारुले भुरभुरा रहर शीर्षक दिएर नाटकलाई मञ्चन गर्ने तयारीमा हुनुहुन्छ । नाटकको निर्देशन गर्नुभएको छ प्रणव आकाशले...
स्थानीयतहको निर्वाचनका लागि प्रमुख दलबीच सैद्धान्तिक सहमति
काठमाडौँ, पुस १३ गते । प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीयतहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएको छ । प्रमुख दलले मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुसँग छलफल गरेर निर्वाचनको मिति तय गर्ने नेताहरुले बताएका छन् ।
सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकले स्थानीयतहको...
थारु विद्यार्थी समाजले विद्यार्थी सभा गठनप्रति जनायो कडा आपत्ति
काठमाडौं, पुस १२ गते । थारु विद्यार्थी समाज केन्द्रीय समितिले थारु विद्यार्थी सभा गठन गरेको कदमप्रति आपत्ति जनाएको छ । थारु कल्याणकारिणीसभाले हालै आफ्नो भातृ संगठनकोरुपमा विद्यार्थी सभा गठन गरेको थियो ।
विद्यार्थीको गौरवशाली छाता संगठनको ओजपूर्ण गरिमालाई धमिल्याउँदै कमजोर पार्ने सुनियोजित योजनासाथ थाकसले सभा गठन गरेको ठहर विद्यार्थी समाजको छ...
यसकारण म थरुहट तराई पार्टी नेपालबाट विद्रोह गरेंः गंगा थारु
काठमाडौं, पुस १२ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) दल गठन गर्नुभएकी सांसद गंगा थारुले पार्टी भित्रको तुच्छ बचनकाकारण पार्टी परित्याग गर्न पुगेको स्पष्टिकरण दिनुभएको छ ।
हमार पहुरा डट कमलाई आफूले थरुहट तराई पार्टी नेपालमा बुझाएको पत्रको पूर्णपाठ मंगलबार उपलब्ध गराउँदै सांसद थारुले त्यस्तो बताउनुभयो । तर उहाँले माउपार्टीमा...














