थारु अगुवाहरुको सुझाव छ ‘थारु आयोगलाई अधिकारयुक्त बनाऊ’
अविनाश चौधरी
धनगढी, पुस १६ गते । थारु समुदायको हकहित संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण गर्नका लागि संविधानमा व्यवस्था भएको थारु आयोग अधिकारयुक्त हुनुपर्नेमा यहाँका अगुवा तथा बुद्धिजिवीहरुले जोड दिएका छन् ।
व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले शनिवार धनगढीमा आयोजना गरेको प्रस्तावित थारु आयोग सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रममा...














