ब्यानर समाचार
रिहर्सलमा भुरभुरा रहरः नाटकमा थारु समाजको जीवन्त अभिनय
लक्की चौधरी
काठमाडौं, पुस १३ गते । नाटककार तथा साहित्यकार सुशील थारुको पछिल्लो नाटक ‘भुरभुर्रा रहर’ मञ्चनको तयारीमा छ । पुस १५ देखि २३ गतेसम्म कालिकास्थान काठमाडौंको सर्वनाम थियटरमा मञ्चन हुने बताइएको छ ।
नाटककार थारुले भुरभुरा रहर शीर्षक दिएर नाटकलाई मञ्चन गर्ने तयारीमा हुनुहुन्छ । नाटकको निर्देशन गर्नुभएको छ प्रणव आकाशले...
स्थानीयतहको निर्वाचनका लागि प्रमुख दलबीच सैद्धान्तिक सहमति
काठमाडौँ, पुस १३ गते । प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीयतहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएको छ । प्रमुख दलले मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुसँग छलफल गरेर निर्वाचनको मिति तय गर्ने नेताहरुले बताएका छन् ।
सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकले स्थानीयतहको...
थारु विद्यार्थी समाजले विद्यार्थी सभा गठनप्रति जनायो कडा आपत्ति
काठमाडौं, पुस १२ गते । थारु विद्यार्थी समाज केन्द्रीय समितिले थारु विद्यार्थी सभा गठन गरेको कदमप्रति आपत्ति जनाएको छ । थारु कल्याणकारिणीसभाले हालै आफ्नो भातृ संगठनकोरुपमा विद्यार्थी सभा गठन गरेको थियो ।
विद्यार्थीको गौरवशाली छाता संगठनको ओजपूर्ण गरिमालाई धमिल्याउँदै कमजोर पार्ने सुनियोजित योजनासाथ थाकसले सभा गठन गरेको ठहर विद्यार्थी समाजको छ...
यसकारण म थरुहट तराई पार्टी नेपालबाट विद्रोह गरेंः गंगा थारु
काठमाडौं, पुस १२ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) दल गठन गर्नुभएकी सांसद गंगा थारुले पार्टी भित्रको तुच्छ बचनकाकारण पार्टी परित्याग गर्न पुगेको स्पष्टिकरण दिनुभएको छ ।
हमार पहुरा डट कमलाई आफूले थरुहट तराई पार्टी नेपालमा बुझाएको पत्रको पूर्णपाठ मंगलबार उपलब्ध गराउँदै सांसद थारुले त्यस्तो बताउनुभयो । तर उहाँले माउपार्टीमा...
थरुहट पार्टीले मेरो विरुद्ध भ्रम फैलाउन खोज्योः सांसद गंगा थारु
लक्की चौधरी
काठमाडौं, पुस १२ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) की अध्यक्ष तथा सांसद गंगा थारु सत्गौंवाले थरुहट पार्टीले आफू र आफ्नो पार्टी विरुद्ध भ्रम सृजना गर्न खोजेको आरोप लगाउनुभएको छ । सांसद थारुले सांसद पदको मोहमा परेर आफूले पार्टी नफुटाएको दावी गर्नुभयो ।
पार्टी फुटाउनुको कारणसहितको दुई पृष्ठको चिठी...
महिला टेम्पोचालकको गुनासोः यात्रुहरु टाँसिएर बस्न आउँछन्
विजेता चौधरी
काठमाडौं, पुस १२ गते । रत्नपार्क–छाउनी रुटमा टेम्पु चलाउने २२ वर्षीया देवीका खड्कालाई कतिपय यात्रुदेखि दिक्क लाग्छ । जिस्किने, एकदमै टाँस्सिएर बस्ने अनि मोबाइल नम्बर माग्ने पुरुष यात्रुदेखि त उनी हैरान नै हुन्छिन् ।
छाउनी रुटमा टेम्पु चलाउँदै आएकी ३० वर्षीया बबिता श्रेष्ठ अगाडि सिटमा बस्ने यात्रु कस्तो पर्ला भनेर...
आफ्नै विवेकले नयाँ पार्टी खोलें, कसैको बहकाउमा हैनः गंगा थारु
लक्की चौधरी
काठमाडौं, पुस ११ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गर्नुभएकी सांसद गंगा थारु सत्गौंवाले आफ्नै विवेकले नयाँ पार्टी खोलेको बताउनुभएको छ । पार्टी फुटाउनमा कसैको उत्साहट र समर्थन नरहेको उहाँको भनाई छ ।
हमार पहुरा डट कमसँग सोमबार कुरागर्दै सांसद थारुले एमालेका नेताको उक्साहटमा पार्टी फुटाएको भन्ने आरोप...
देवी चौधरीको सातौं राष्ट्रिय खेलकुदमा तीनवटा राष्ट्रिय कीर्तिमान
काठमाडौं, पुस ११ गते । नेपाल प्रहरीकी देवी चौधरीले आफ्नै गृह जिल्लामा एकै दिन तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत राजविराजमा आइतबारदेखि सुरु भारोत्तोलनको महिला ५३ केजी स्पर्धामा उनले आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन्।
उनले स्न्याचतर्फ दुई पटक ५९ र ६० तथा क्लिन एण्ड जर्कतर्फ ७८ केजी तौल उठाएर...
सैतिसहजार पर्यटकले कैलालीको भादागाउँ होमस्टे अवलोकन गरे
राम दहित
कैलाली, पुस १० गते । थारु होमस्टे गाउँ भादा सञ्चालन भएयता छ बर्षमा आन्तरिक र बाह्य गरी करिब ३७ हजार पर्यटकले अवलोकन गरिसकेको सञ्चालकले जानकारी गराएका छन् ।
२०६७ सालदेखि सञ्चालनमा आएको थारु होम–स्टे गाउँ भादामा आन्तरिक र बाह्य गरी त्यति संख्यामा पर्यटक आएर अवलोकन गरेको पर्यटन विकास तथा व्यवस्थापन...













