मोदी नेतृत्वको भाजपा गठबन्धनलाई भारी सफलता, ३५० सिटमा जीत
एजेन्सी, भारतमा तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले स्पष्ट बहुमत पाएको छ। लोकसभाका कुल ५४३ मा भाजपा ३०३ निर्वाचन क्षेत्रमा विजयी भयो भने कङ्ग्रेस पार्टी ५२ मा सीमित भयो। भाजपाको गठबन्धनले कुल ३५० क्षेत्रमा जित्यो।
एप्रिल ११ देखि मे १९ सम्म मतदाताहरूले लोकसभाका ५४२ सदस्य चयन गर्नका...














