थरुहट एकदिने भेला वर्दियामा सम्पन्न, थाकस केन्द्रको विमति

थरुहट एकदिने भेला वर्दियामा सम्पन्न, थाकस केन्द्रको विमति
काठमाडौं, चैत १६ गते । थरुहट आन्दोलनलाई पुनर्जिवित गर्ने उद्देश्यसाथ थरुहट आन्दोलनकर्ताले शनिबार वर्दियाको ठाकुरद्वारमा एकदिने बृहत छलफल कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रमबारेमा थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रले भने विमति जनाएको छ । थरुहट आन्दोलन र अवको बाटो विषयक छलफल कार्यक्रममा थाकस केन्द्रबाट केन्द्रीय सदस्य चुर्णबहादुर चौधरी, इन्दु चौधरीको सहभागिता...

समान पेन्सनको माग गर्दै पूर्व बेलायती सैनिक (गेसो) शान्तिपूर्ण आन्दोलनमा

समान पेन्सनको माग गर्दै पूर्व बेलायती सैनिक (गेसो) शान्तिपूर्ण आन्दोलनमा
काठमाडौं, चैत ११ गते । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’ प्रति विरोध गर्दै त्यसको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको छ । बेलायत सरकारले पूर्व सहमति र पूर्वप्रतिबद्धता विपरित कपटपूर्ण तरिकाले एकतर्फी ‘प्याकेज’ घोषणा गरेको भन्दै गेसोले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । गेसोले सोमबार...

जबरजस्ती रङ नदल्न आग्रह गर्दा चौधरीमाथि निर्घात कुटपिट

जबरजस्ती रङ नदल्न आग्रह गर्दा चौधरीमाथि निर्घात कुटपिट
दाङ, चैत ७ गते । तुलसीपुर उपमहानगरपालिका वडा १८ निवासी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरीलाई दाङका एक समूहले निर्घात कुटपिट गरेको छ । होली मनाउन बिदा लिएर घर आएका चौधरीलाई युवाहरूको समूहले निर्घात कुटपिट गरेर घाइते बनाएको छ । चौधरीको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको...

पाँच अयोगका अध्यक्षहरुले लिए पद तथा गोपनीयताको शपथ

पाँच अयोगका अध्यक्षहरुले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं, चैत ७ गते । प्रस्तवित पाँचजना आयोगका अध्यक्षहरुले विहिबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोगका अध्यक्षहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराबाट शपथ लिएका हुन् । संवैधानिक परिषदको सिफारिसमा अध्यक्षमा प्रस्तावित बालानन्द पौडेल (राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग), डा. शान्तराज सुवेदी (राष्ट्रिय समावेशी आयोग),...

विन्दास अवार्ड कार्यक्रमप्रति कलाकारहरु असन्तुष्ट

विन्दास अवार्ड कार्यक्रमप्रति कलाकारहरु असन्तुष्ट
भगतराम थारु नेपालगन्ज, चैत ४ गते । सुदुरपश्चिमको धनगढीमा भएको विन्दास अवार्डप्रति कलाकारहरुले असन्तुष्टि जनाएका छन् । यु ट्युव तथा चर्चामा आएका कलाकार विन्दास अवार्ड हुनबाट बञ्चित भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । आयोजकको लापरवाहीले पुराना, चलेका कलाकार अवार्ड पाउनबाट बञ्चित भएको नाम नभन्ने शर्तमा एकजना कलाकारले बताउनुभयो । चैत २...

जन्मकैद फैसलामा पुनरविचार नगरिए बाँकेका थारुले आन्दोलन गर्ने

जन्मकैद फैसलामा पुनरविचार नगरिए बाँकेका थारुले आन्दोलन गर्ने
भगतराम थारु नेपालगञ्ज, चैत २ गते । रेशम चौधरी लगायत ११ जनाको जन्मकैदमा पुनरविचार नगरिए कडा आन्दोलनमा उत्रिने थारु कल्याणकारिणीसभा (थाकस) बाँकेले चेतावनी दिएको छ । जिल्ला कार्य समिति बा“केको आयोजनामा शनिवार कोहलपुरमा आयोजित बृहत भेलाले सो चेतावनी दिएको हो । थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुको संयोजत्वमा भएको बृहत छलफलमा...

सार्वजनिक विदाप्रति आदिबासी जनजाति संघ संस्थाको विरोध

सार्वजनिक विदाप्रति आदिबासी जनजाति संघ संस्थाको विरोध
काठमाडौं, चैत २ गते । २०७६ सालको सार्वजनिक विदामा आदिबासी जनजाति समुदायलाई विभेद गरेको भन्दै आदिबासी जनजाति संघ संगठनका पदाधिकारीहरुले आपत्ति जनाएका छन् । शनिबार संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै संघ संगठनका प्रतिनिधिहरुले सरकारले चैत १ गते राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको सार्वजनिक विदामा आफूहरुमाथि विभेद गरेको आरोप लगाएका हुन् । सरकारको...

सुनसरीको झुम्का बजारमा आयो घोङ्घी बगिया थारु भिलेज सञ्चालनमा

सुनसरीको झुम्का बजारमा आयो घोङ्घी बगिया थारु भिलेज सञ्चालनमा
सुनिल चौधरी झुम्का, फाल्गुन २९ गते । थारु परिकार प्रवद्र्धनका लागि झुम्कामा घोंङघी बगिया थारु भिलेज बुधबारदेखि सञ्चालनमा आएको छ । भिलेजको उदघाटन रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले गर्नुभयो । थारु परिकारको स्वाद लिन चाहनेहरुका लागि प्रत्येक दिन थारु भिलेजमा परिकार उपलब्ध गराईने प्रोप्राईटर सत्यनारायण चौधरीले बताउनुभयो । स्थानिय उत्पादनबाट उब्जीएको बस्तुबाट...

रेशम चौधरीलाई सजाय र सिके राउतसँगको सहमति उचित छः सभापति देउवा

रेशम चौधरीलाई सजाय र सिके राउतसँगको सहमति उचित छः सभापति देउवा
विराटनगर, फागुन २९ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले टीकापुर घटनामा मुख्य अभियुक्त ठहर भएका रेशम चौधरीलाई तोकिएको सजायलाई सही भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार सङ्क्षिप्त कुरा गर्दै देउवाले सो कुरा बताउनुभएको हो । सार्वजनिक (निजी सम्पत्ति तोडफोड र जनतामा त्रास फैल्याउने काम नियन्त्रण गर्न सरकारले विप्लब...

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ

गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ
काठमाडौं, फागुन २९ गते । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई रुलिङ गर्नुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भएको हो...