मार्गनिर्देशक नेता मदन भण्डारी
आजको दिनमा मदन भण्डारीलाई सम्झिँदा उहाँको जीवनका तीन कालखण्डलाई आधार बनाएर विश्लेषण गर्दा सान्दर्भिक होला । पहिलो, उहाँ नेपालको राजनीतिभित्र अध्ययनशील, तीव्र वैचारिक सङ्घर्षमा अग्रसर कार्यकर्ताका रूपमा हुनहुन्थ्यो । पुष्पलाल समूहभित्रको एउटा गतिशील पङ्तिको उदीयमान कार्यकर्ताको पहिचान बनाउनुभयो । मुक्ति मोर्चामार्फत उहाँले विद्रोह र झापा आन्दोलनसँग जोडिनुभयो । त्यहाँ रहेको उग्रवामपन्थविरुद्धको सङ्घर्ष गरी सही...














