सार्वजनिक सवारीसाधनको अभावमा नागदहबासी पीडामा
लक्की चौधरी
काठमाडौं, वैशाख २१ गते । कलङ्की–पुरानो नैकापहुँदै नागदह–नागढुंगा रुटमा चल्ने सार्वजनिक सवारीसाधनको अभावले त्यहाँ बस्ने स्थानीयबासीले निकै सास्ती भोग्नुपरेको छ । सवारीसाधनको कमीसँगै समितिको लापरवाही पनि रहेको स्थानीयको गुनासो छ ।
चन्द्रागिरी नगरपालिकाको नागढुंगाबाट पुरानो बसपार्कका लागि छुट्ने नागदह यातायातको दिनभरीमा १३ वटा बस सञ्चालनमा छन् । तर ती बसहरु...













