एमाले समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा निधन
काठमाडौं, चैत १० गते । नेकपा (एमाले) बाट समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा विहिबार साँझ काठमाडौंमा निधन भएको छ ।
सर्लाहीको ब्रम्हपुरीमा घर भएकी सांसद देवी चैत ५ गते सीमापारी भारतको स्थानीय बजार सीतामढीको रामनगरा चोकमा मोटरसाईकल दुर्घटनामा पर्नुभएको थियो । ट्रकले उहाँ सवार बाईकलाई ठक्कर दिएपछि उहाँ गम्भीर घाइते...














