पूर्व राज्यमन्त्री चौधरीको वडामा उन्मुक्ति पार्टीका अनर चौधरी निर्वाचित

पूर्व राज्यमन्त्री चौधरीको वडामा उन्मुक्ति पार्टीका अनर चौधरी निर्वाचित
हमार पहुरा डट कम धनगढी, जेठ ४ गते । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा विजयी हुनुभएको हो । नेपाली काङ्ग्रेसका उम्मेदवारलाई २२६ मतान्तरले पराजित गरी उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको छ ।...

पूर्वमन्त्री रामजनम चौधरीको वडामा उन्मुक्तिका रामजनम चौधरी निर्वाचित

पूर्वमन्त्री रामजनम चौधरीको वडामा उन्मुक्तिका रामजनम चौधरी निर्वाचित
हमार पहुरा डट कम धनगढी, जेठ ३ गते । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा नयाँ रामजनमको उदय भएको देखिएको छ । पूर्वमन्त्री चौधरीको घर रहेको जोशीपुर गाउँपालिका –४ को वडा अध्यक्षमा रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरीको उदय भएको हो । चौधरी...

भलमन्सा सन्तराम चौधरीको काँधमा वडा हाँक्ने जिम्मेवारी

भलमन्सा सन्तराम चौधरीको काँधमा वडा हाँक्ने जिम्मेवारी
हमार पहुरा डट कम धनगढी, जेठ २ गते । कैलालीको भड्री गाउँका भलमन्सा सन्तराम चौधरीलाई वडा हाँक्ने जिम्मेवारी आइलागेको छ । कैलारी गाउँपालिका–३ का वडावासीले भलमन्सा चौधरीलाई वडा अध्यक्षको जिम्मेवारी पनि सुम्पेका हुन । सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षकसमेत रहनु भएका चौधरी नेपाली काङ्ग्रेसबाट वडा नम्बर ३ को अध्यक्षमा आफ्नो प्यानलसहित...

घोडाघोडी २ को वडा अध्यक्षमा एमालेका लक्ष्मीप्रसाद चौधरी विजयी

घोडाघोडी २ को वडा अध्यक्षमा एमालेका लक्ष्मीप्रसाद चौधरी विजयी
हमार पहुरा डट कम घोडाघोडी (कैलाली), जेठ १ गते । यसअघि नेपाली काँग्रेसले नेतृत्व गरेको कैलालीको घोडाघोडी नगरपालिका २ मा काँग्रेसको विरासत भत्काउँदै नेकपा (एमाले) ले विजयी यात्रा शुरू गरेको छ । नगरपालिका–२ को वडाध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चौधरी विजयी हुनुभएको छ । चौधरीले एक हजार २७ मत ल्याई विजयी हुनुभएको हो...

वडा अध्यक्ष जितेर टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता

वडा अध्यक्ष जितेर टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता
हमार पहुरा डट कम धनगढी, जेठ १ गते । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नवगठीत नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा खाता खोलेको छ । वडा नम्बर ५ मा सो पार्टीबाट प्यानलसहित बलवीर चौधरी वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ८२० मत प्राप्त गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको...

खैरहनीमा ५९ जना थारु प्रतिस्पर्धामा, सबैभन्दा धेरै उम्मेदवार एमालेबाट

खैरहनीमा ५९ जना थारु प्रतिस्पर्धामा, सबैभन्दा धेरै उम्मेदवार एमालेबाट
कारी महतो चितवन, वैशाख २२ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनीमा विभिन्न दलहरुबाट ५९ जना थारु समुदायका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) को सबैभन्दा धेरै थारु उम्मेदवार छन् । नगरप्रमुखसहित १९ जना थारुले एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । लालमणि चौधरीले नगरप्रमुख...

थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको निधन

थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको निधन
हमार पहुरा डट कम कैलाली, वैशाख ७ गते । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका थारु कल्याकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको मंगलबार उपचारको क्रममा निधन भएको छ । धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा उहाँको दिउँसो निधन भएको हो । धनगढी उपमहानगरपालिका –३ बड्हरा निवासी चौधरीलाई ६ लेन सडकमा तरकारी किनेर घर...

आफ्नो स्वार्थ हेरेर तथ्यहिन र भ्रामक समाचार पत्रकारले लेख्नु हुँदैन

आफ्नो स्वार्थ हेरेर तथ्यहिन र भ्रामक समाचार पत्रकारले लेख्नु हुँदैन
नागेन्द्र चौधरी बारा, वैशाख ७ गते । चुनाव नजिकिदै गर्दा गाउँपालिकालाई बदनाम गर्ने समाचारहरू प्रकाशन हुनेगरेको बारागढी गाउँपालिकाका प्रवक्ता अच्छेलाल महराले बताउनुभएको छ । उहाँले पत्रकार सम्मेलन गरी सो कुरा बताउनुभयो । महालेखा परिक्षणले प्रकाशन गरेको ५८ प्रतिवेदनमा बारागढी गाउँपालिका सबैभन्दा कम बेरुजु भएको पालिका भएकाले केही नेताहरूले पत्रकारलाई परिचालन गरि...

थारु पत्रकार संघ नेपालको पाँचौ महाधिवेशन सम्पन्न, अध्यक्षमा लेखी निर्वाचित

थारु पत्रकार संघ नेपालको पाँचौ महाधिवेशन सम्पन्न, अध्यक्षमा लेखी निर्वाचित
हमार पहुरा डट कम अमलटारी (नवलपुर), चैत २६ गते । थारु पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी (सप्तरी) सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवलपुरको अमलटारीस्थित सामुदायिक होमस्टेमा आयोजित पाँचौ राष्ट्रिय महाधिवेशनले लेखीको नेतृत्वमा २५ सदसयीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी (चितवन), उपाध्यक्ष बागमति...

तीन लाख ६० हजार रुपियाँ बराबरको विद्यार्थीलाई युनिक छात्रवृत्ति प्रदान

तीन लाख ६० हजार रुपियाँ बराबरको विद्यार्थीलाई युनिक छात्रवृत्ति प्रदान
हमार पहुरा डट कम वर्दिया, चैत २५ गते । युनिक नेपालले ६० जना विद्यार्थीलाई युनिक छात्रवृत्ति प्रदान गरेको छ । ६० जना विद्यार्थीमध्ये १० जना विद्यार्थीलाई दश हजार रुपियाँका दरले ५ वर्षसम्मका लागि दीर्घकालिन छात्रवृत्ति र ५० जना विद्यार्थीलाई सात हजार रुपियाँका दरले छोटो अवधिको छात्रवृत्ति प्रदान गरेको छ । युनिक नेपालले...