रत्ननगरको थारु वस्तीमा ऐतिहासिक ईनार, पुरातत्व विभागले उत्खनन गर्ने
सन्तकुमार चौधरी
चितवन, माघ ६ गते । चितवनको रत्ननगरमा माछापोखरी खन्नेक्रममा ऐतिहासिक इनार फेला परेको छ । रत्ननगर नगरपालिका ९ लालपर्सास्थित इन्द्रराज राउतले आफ्नै खेतमा माछापालनकालागि पोखरी खन्ने क्रममा सो इनार भेटिएको हो ।
इनार धेरै वर्ष पुरानो हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । माछापोखरीका लागि झण्डै सात मिटर गहिराई खनेर कोदालोले...














