नागरिक पार्टीको तराई चक्काजामको प्रभाव परेन, केही पक्राउ
काठमाडौं, पुस ६ गते । नागरिक समाजवादी पार्टीको आव्हानमा बुधबार तराई चक्काजामको खासै प्रभाव पर्न सकेन । मंगलबार साँझको मसाल जुलुश प्रदर्शन नै फितलो भएपछि चक्काजामको प्रभाव कम परेको हो ।
चक्काजाममा थारु कल्याणकारिणीसभा, थरुहट थारुवान संयुक्त संघर्ष समितिको समेत ऐक्यवद्धता नदेखिएपछि चक्काजाम प्रभावकारी हुन नसकेको बताइएको छ । नेता राजकुमार...












