जनजाति महासंघको बन्दसत्रमा अलमल, प्रतिनिधि घामताप्न व्यस्त
सन्तकुमार चौधरी
चितवन पुस ४ गते । चितवनको नारायणगढमा जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा छलफल नै शुरुहुन सकेको छैन । प्रतिनिधि र पर्यवेक्षकहरु दिनभर घाम तापेर समय विताएका छन् ।
आइतवार पनि निर्धारित समयभन्दा झण्डै नौं घण्टा ढिलागरी बन्दसत्र शुरु भएको थियो । आइतवारको बन्दसत्रमा महासचिव...












