थारु लोक संस्कृतिमा माघीपर्व
मकरसक्रान्तिबाट सुरु भई माघ महिनामा थारु समुदायले मनाउने महान पर्व माघि हो । यो थारु समूदायकालागि आर्थिक बर्षको सुरुवात पनि हो । माघे संक्रान्ति थारु कमैया कम्लरीहरुको मुक्ती दिवशकोरुपमा पनि लिने गरिन्छ । यो एक सामाजीक, सांस्कृतिक सदभाव बोकेको पर्व पनि हो । थारुहरु यो पर्वलाई बर्का टिउहार पनि भन्दछन्...












