नेपाली भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा
काठमाडौं, असोज २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० सफल पार्न चिनियाँ सरकारको सहयोगको अपेक्षा गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा रेल सेवा उपभोग गर्ने नेपालीको चाहना छिट्टै पूरा हुने...














