थरुहटको विषयमा सरकारले थारुसँग वार्ता गर्नुपर्छ, मधेसीसँग हैन

थरुहटको विषयमा सरकारले थारुसँग वार्ता गर्नुपर्छ, मधेसीसँग हैन
काठमाडौं, मंसिर २७ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का मुख्य सचेतक योगेन्द्र चौधरीले पाँच नम्बर प्रदेशको सीमांकन विषयमा मधेसी मोर्चाका नेतासँग भइरहेको वार्ताप्रति असन्तुष्टि जनाउनुभएको छ । पाँच नम्बर प्रदेशमा थारूको माग सम्बोधन गर्न आफूहरूले दबाबका लागि आन्दोलन गरेको स्मरण गर्दै मुख्य सचेतक चौधरीले पाँच नम्बर प्रदेशको सीमांकनबारेमा सरकारले वार्ता...

दैलेखमा एलपी ग्याँसको खानीरहेको अध्ययन टोलीको प्रतिवेदन

दैलेखमा एलपी ग्याँसको खानीरहेको अध्ययन टोलीको प्रतिवेदन
दैलेख, मंसिर २६ गते । दैलेखमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको छ । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको चिनियाँ सहयोगमा गरिएको सरकारी स्तरको अध्ययनले देखाएको हो । सरकारले चीनबाट ल्याएको प्राविधिक तथा वैज्ञानिक सम्मिलित टोलीको सहयोगमा दैलेख लगायतका क्षेत्रमा पेट्रोलियम ग्यासको खानी रहेको भन्दै प्रारम्भिक...

महिला हिंसाको जड नेपालीको घर–घरमा छः महिला नेतृहरु

महिला हिंसाको जड नेपालीको घर–घरमा छः महिला नेतृहरु
काठमाडौ, मंसिर २५ गते । नेपालका ऐन कानूनले धेरै हदसम्म महिला अधिकार सुनिश्चित गरेको भएपनि व्यवहारमा कार्यान्वयन नभएर महिला हिंसामा न्यूनिकरण हुन नसकेको महिला नेतृहरुको तर्क छ । महिला किसान संघ, नेपालद्वारा शनिबार यहाँ आयोजित खाद्यअधिकार, भूस्वामित्व तथा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले त्यस्तो तर्क गर्नुभयो । महिला हिंसाको अन्त्य...

थरुहट संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु बाइक दुर्घटनामा

थरुहट संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु बाइक दुर्घटनामा
धनगढी, मंसिर २४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु दुर्घटनामा पर्नुभएको छ । उर्मा –८, भादा होमस्टे गाउँबाट आफन्तको विवाहमा सहभागी भएर घर फर्कने क्रममा विहिबार राती झण्डै १२ बजेको समयमा पूmलबारी टंकी भन्ने ठाउँमा मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते हुनु भएको हो । प्रवक्ता थारुसंगै...

कल्याणकारिणीसभाको नविकरण भएन, बजेट निकासामा समस्या

कल्याणकारिणीसभाको नविकरण भएन, बजेट निकासामा समस्या
काठमाडौं, मंसिर २४ गते । हरेक वर्ष साउन मसान्त र ढिलोमा असोज मसान्तसम्म गर्नुपर्ने संस्था नविकरण यसवर्ष थारु कल्याणकारिणीसभा केन्द्रीय संस्था नविकरण अझैसम्म हुन सकेको छैन । नेतृत्वको लापरवाहीले संस्था नविकरण हुन नसकेको सदस्यहरुको गुनासो छ । सभाको नविकरण हुन नसक्दा आर्थिक खर्च व्यवस्थापन र बजेट निकासमा समेत समस्या परेको सचिवालयका...

सहमति कार्यान्वयनको मागगर्दै मुक्त कमलरीले सिंहदरवार घेराउ गर्ने

सहमति कार्यान्वयनको मागगर्दै मुक्त कमलरीले सिंहदरवार घेराउ गर्ने
सन्तोष दहित दाङ, मंसिर २३ गते । मुक्त कमलरी र सरकारवीच भएको १० वुँदे सहमति कार्यान्वयनमा सरकारले हेलचक्राई गरेको भन्दै तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै मुक्त कमलरीहरुले शुक्रबारदेखि सिंहदरबार घेराउन गर्ने भएका छन् । मुक्त कम्लरी विकास मञ्चको केन्द्रीय कार्यालयमा विहिबार पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी उनीहरुले गराएका हुन् । कमलरी प्रथा...

संशोधन प्रस्ताव पारित भएपनि थारुको माग सम्बोधन गर्दैनः थारु नेता

संशोधन प्रस्ताव पारित भएपनि थारुको माग सम्बोधन गर्दैनः थारु नेता
काठमाडौं, मंसिर २२ गते । मधेशी र जनजाति समुदायको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनप्रति तराईरमधेशको निर्णायक शक्ति थारू समुदायले चर्को असन्तुष्टि जनाएको छ । थारू समुदायका अगुवाहरूले संशोधन प्रस्ताव पारित भए आन्दोलन चर्किने चेतावनी दिएका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा नागरिक समाजवादी पार्टीका अध्यक्ष...

आयव्यय नबुझाउने ८२ दल कारवाहीमा, थरुहट तराई पार्टी पनि

आयव्यय नबुझाउने ८२ दल कारवाहीमा, थरुहट तराई पार्टी पनि
काठमाडौँ, मङ्सिर २२ गते । निर्वाचन आयोगले प्रचलित कानुनी व्यवस्थाको बेवास्ता गरी आयव्ययसहितको वार्षिक प्रतिवेदन नबुझाउने ८२ वटा राजनीतिक दललाई जरिवाना गर्ने भएको छ । कानुनी व्यवस्थाअनुसार समयमा प्रतिवेदन नबुझाउने दललाई एक सय रुपियाँ जरिवाना हुने प्रावधान छ । जरिवाना गरिएका दलहरूमा व्यवस्थापिका संसदमा रहेका दलहरू पनि परेका छन् । संसदमा...

नवलपरासी जोगाउन कल्याणकारिणीसभाले गर्यो आन्दोलन घोषणा

नवलपरासी जोगाउन कल्याणकारिणीसभाले गर्यो आन्दोलन घोषणा
काठमाडौं, मंसिर २१ गते । नवलपरासी पूरै जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारीसभा नवलपरासीले आन्दोलन तथा दवावको कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार यहाँ पत्रकार सम्मेलन गर्दै सभाले कार्यक्रम सार्वजनिक गरेको हो । नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएकोमा आपत्ति जनाउँदै सभाले बन्दसम्मको दवावको कार्यक्रम...

विजय गच्छदार सहभागी रहेको कार्यक्रममा हवाई फायर भएपछि

विजय गच्छदार सहभागी रहेको कार्यक्रममा हवाई फायर भएपछि
बनेपा, मङ्सिर २१ गते । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा हिजो मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा हवाई फायर भएको छ । कार्यक्रममा दुईपक्षबीच झडप भएपछि नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको हो । मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा...