दाङमा माघी महोत्सवको रौनक, महरा र पोखरेलले उदघाटन गर्ने

दाङमा माघी महोत्सवको रौनक, महरा र पोखरेलले उदघाटन गर्ने
सन्तोष दहित घोराही, पुस २२ गते । थारु समुदायको महान पर्व माघी नजिकैगर्दा गाउँदेखि शहरसम्म माघी महोत्सवको रौनक बढेको छ । दाङको तुलसीपुरको महोत्सवलाई माओवादी केन्द्रका कृष्णबहादुर महरा र घोराहीको एमाले नेता शंकर पोखरेलले उदघाटन गर्नुहुनेछ । माघी आउन करिब एक हप्ता बाँकी भएपनि गाउँदेखि शहरसम्म माघी महोत्सवको तयारी शुरु भइरहेकोछ ।...

उपत्यकामा थारु माघी महोत्सवको तयारी, प्रधानमन्त्रीले उदघाटन गर्ने

उपत्यकामा थारु माघी महोत्सवको तयारी, प्रधानमन्त्रीले उदघाटन गर्ने
लक्की चौधरी काठमाडौं, पुस २२ गते । हरेक वर्षझैं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्षपनि थारु माघी महोत्सव २०७४ काठमाडौंको टुँडीखेलमा भव्यताकासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने आयोजकले बताएको छ । थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको नेतृत्वमा यसवर्ष माघी महोत्सव एकै ठाउँमा हुने आयोजकले बताएको...

हिंसा न्यूनिकरणकालागि थारु महिलाहरुलाई न्यायसम्बन्धी प्रशिक्षण

हिंसा न्यूनिकरणकालागि थारु महिलाहरुलाई न्यायसम्बन्धी प्रशिक्षण
सुनिल चौधरी झुम्का,पुस २१ गते । थारु महिला सभा रामधुनी ४ इकाई कार्यसमितिले शुक्रवार महिलामा न्याय सम्बन्धि जानकारी गराउने उद्देश्यले लालपुरमा एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला अदालत ईनरुवा सुनसरीको आयोजना र इकाई सभाको सहकार्यमा महिला हिंसा न्युनिकरण तथा न्यायमा बाह्य पहुच घरेलु हिंसा, समस्या र चुनौतीको बारेमा जानकारी गराएको...

माघी कार्यक्रमलाई सफल बनाउन गाउँका अगुवाहरुसँग छलफल

माघी कार्यक्रमलाई सफल बनाउन गाउँका अगुवाहरुसँग छलफल
सन्तोष दहित घोराही, पुस २० गते । थारु कल्याणकारिणी सभा लगायत दर्जर्नौ थारु संघ संस्थाको आयोजनामा पुस २८ गते हुन लागेको माघी महोत्सव २०७४ को सफलताका लागि मुल आयोजक समिति दाङले थारु अगुवा, महटावा, अघवाहरुसँग विहिबार घोराहीमा बृहत छलफल गरेको छ । महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीको अध्यक्षतामा भएको छलफलमा...

जताततै हुँदैछ थारु माघी महोत्सव, महोत्सव किन व्यापार केन्द्रीत ?

जताततै हुँदैछ थारु माघी महोत्सव, महोत्सव किन व्यापार केन्द्रीत ?
धिरेन्द्रकुमार चौधरी झुम्का, पुस २० गते । थारु समुदायको प्रमुख पर्व माघी आउनै लागेको छ । माघीको अवसरमा देशभर थारु वस्तीमा महोत्सवको रमझम शुरुभएको छ । महोत्सवमा थारु खाना परिकारको राम्रो व्यापार हुनेगर्छ । सुनसरीको बिभिन्न ठाउँमा माघी महोत्सबको आयोजना हुने तयारीमा छ । पुस महिनादेखि शुरुहुने महोत्सव माघको पहिलो सातासम्म चल्ने...

कैयाँ चौधरीको व्यवस्थापनमा पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा

कैयाँ चौधरीको व्यवस्थापनमा पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा
कैलाली, पुस २० गते । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक कार्यक्रमका लागि भन्दै कैलालीको धनगढी पुगेका छन् । उनले बुधबार धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गरेका छन् । पूर्वराजा शाहलाई धनगढीमा स्वागत गर्न पूर्व सांसद कैयाँ चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल स्वागत समिति गठन गरिएको छ । उनले शिवपुरी धाम परिसरमा...

रुक्मिणी चौधरीको दललाई ५९ जिल्लामा मत, किन थोरै मत ?

रुक्मिणी चौधरीको दललाई ५९ जिल्लामा मत, किन थोरै मत ?
लक्की चौधरी काठमाडौं, पुस १८ गते । थारु नेतृ रुक्मणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) लाई तराई र पहाडका जिल्लामा गरी ५९ जिल्लाबाट मत प्राप्त भएको छ । कुल २४ हजार ९३४ मत प्राप्त गरेको सो दलको प्रतिनिधिसभा तर्फ १४ हजार ३२५ र प्रदेशसभा तर्फ १० हजार ६०९ मत...

दाङको भुइँह्यारथानमा थारु माघी विशेष कार्यक्रमको तयारी

दाङको भुइँह्यारथानमा थारु माघी विशेष कार्यक्रमको तयारी
सन्तोष दहित घोराही, पुस १७ गते । पुस २३ गते तुलसीपुर ६ भुइह्यारथानमा हुन गइरहेको थारु विशेष माघी महोत्सवको तयारी तिव्र गतिमा भइरहेको आयोजकले बताएको छ । महोत्सवमो उदघाटन उपप्रधानमन्त्री कृष्णबहादुर महराले गर्ने हुनुभएको छ । नमूना भुइह्यारथान तुलसीपुरको आयोजनामा हुन लागेको माघी विशेष थारु सांस्कृतिक कार्यक्रममा विशिष्ट पहुनामा निर्वाचन क्षेत्र नं....

वर्दियाको बढैयाताल परिसर पिकनिक खानेको प्रमुख गन्तव्य बन्दै

वर्दियाको बढैयाताल परिसर पिकनिक खानेको प्रमुख गन्तव्य बन्दै
भगतराम थारु बर्दिया, पुस १६ गते । बर्दिया जिल्लाको ठूलो तालकोरुपमा परिचित बढैया ताल वनभोज (पिकनिक) गन्तव्यकोरुपमा विकास हुँदैगएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सो क्षेत्रले भूमिका खेलेको छ । पस १५ लाई पर्वको रुपमा मनाउन बढैया तालमा हजारौको संख्यामा पिकनिक खान मानिसको भिड लागेको थियो । पुस १५ गते कै...

दश वर्षे विकास योजनासहित गौतमको नवनिर्माण महाअभियान

दश वर्षे विकास योजनासहित गौतमको नवनिर्माण महाअभियान
लक्की चौधरी काठमाडौं, पुस १५ गते । अवको दश वर्षभित्र मुलुकको द्रुत आर्थिक विकास गर्न सकिने विकास योजनासहितको नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले नयाँ पुस्तक सार्वजनिक गर्नुभएको छ । पुस्तकमा वाम गठबन्धनका शीर्ष नेताहरुले समिक्षात्मक टिप्पणी गर्नुभयो । वाम गठबन्धनमा आवद्ध प्रमुख दुई कम्युनिष्ट दलका नेताहरुले पार्टी एकीकरण अव कुनै...