जितम त कैलारी गाउँपालिकाहे उर्वर बनादेमः चौधरी (थारु भाषा)

जितम त कैलारी गाउँपालिकाहे उर्वर बनादेमः चौधरी (थारु भाषा)
कैलारी गाउँपालिका–७, साविक रतनपुर–८ भुईयाफाँटा स्थायी घर रहल लाजुराम चौधरी ‘अंकित’’२०५४ साल कैलाली बहुमुखी क्याम्पस धनगढीमे पह्रेबेर टुसा थारु विद्यार्थी परिवारके सहसचिवमे निर्विरोध चयन हुइल रहैं । संगाठनिक क्षेत्रओर लागके उहाँ २०५६ साल पौष २९ गते तत्कालीन नेकपा (माओवादी) पार्टीमे भूमिगत हुके सक्रिय राजनीतिमे लागल रहैं । उहाँ करिब १८...

तस्करसँगको साथगाँठले बाराका चारजना प्रहरी जवान निलम्बनमा

तस्करसँगको साथगाँठले बाराका चारजना प्रहरी जवान निलम्बनमा
दुष्यन्त चौधरी बारा, बैशाख १६ गते । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका चारजना प्रहरी निलम्बनमा परेका छन् । एक प्रहरीकाअनुसार चारै जनाको तस्करसँग साथगाँठ रहेकाले उनिहरूलाई निलम्बन गरिएको हो । निलम्बनमा परेका प्रहरी हवल्दार नथुनी साह कानु, प्रहरी जवान रमेश कुमार झा, प्रमोदकुमार कम्कर तथा संजिव कुमार पासवान रहेको जिल्ला प्रहरी...

‘पत्रकारिताले पहिचान दिएको छ, सहायक व्यवसायले रोजीरोटी’

‘पत्रकारिताले पहिचान दिएको छ, सहायक व्यवसायले रोजीरोटी’
लक्की चौधरी इनरुवा, वैशाख १४ गते । इटहरिमा विहानको खाना खाइरहेको थिएँ, इनरुवा (सुनसरी) बाट कुलदीप चौधरीले मोबाइल घण्टी बजाए । ‘हेल्लो !’ गर्न पाएको थिएन, घरमा खाजाखाने निमन्त्रणा आइहाल्यो । आधा घण्टापछि उनको पसलमा पुग्दा चौधरी भेटेनरीको औषधि दिंदै विहान–साँझ दुई पटक खुवाउनु भन्दै ग्राहकलाई औषधि थमाउँदै भेटिए । थारु पत्रकार...

बडघरको अगुवाईमा सडक निर्माणमा जुटे डल्ला गाउँबासीहरु

बडघरको अगुवाईमा सडक निर्माणमा जुटे डल्ला गाउँबासीहरु
भगतराम थारु वर्दिया, वैशाख १४ गते । बर्दियाको डल्लास्थित डल्ला गाउँका स्थानियहरु सडक निर्माणमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाउँ भन्ने उद्देश्यकासाथ थारु समुदायका महिला पुरुषहरु सडक निर्माणमा जुटेका हुन् । डल्लाका हरेक घरका एकजना अनिवार्य रुपमा सडक निर्माणमा जुटन बडघरको निर्देशन र अगुवाईमा सडक निर्माण भैरहेको स्थानिय मंगल थारुले बताउनुभयो...

सरकार सहमतिबाट पछि हटेकोभन्दै आन्दोलनमा फर्कने चेतावनी

सरकार सहमतिबाट पछि हटेकोभन्दै आन्दोलनमा फर्कने चेतावनी
काठमाडौं, वैशाख १४ गते । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारले शनिबार गरेको सहमति उल्ट्याउँदै स्थानीय तहको संख्या तत्काल नथप्ने निर्णय गरेसँगै मोर्चा आक्रोशित बनेको छ। सरकार र प्रमुख प्रतिपक्षी एमालेबीचभएको सहमतिपछि स्थानीय तहको संख्या बढाउने विषय उल्टिएपछि मोर्चा आवद्ध दलका नेताहरु आक्रोशित बन्दै पुनः आन्दोलनमा फर्कने चेतावनी दिएका...

‘थारु बहुल क्षेत्रमा थारुलाई नै मुख्य उम्मेदवार बनाउनुपर्छ’

‘थारु बहुल क्षेत्रमा थारुलाई नै मुख्य उम्मेदवार बनाउनुपर्छ’
कुलदिप चौधरी झुम्का, वैशाख १३ गते । सुनसरी झुम्काका राजनीतिक दलका थारु नेता तथा समाजसेवीहरुले थारु बहुल क्षेत्रमा थारुलाई नै मेयर, गाउँपालिका प्रमुख तथा वडा अध्यक्ष पदमा उम्मेदवार बनाउन माग गरेका छन् । थारु समुदायलाई कमसल पदमा उम्मेदवार बनाउनेगरेको गुनासो गर्दै उहाँहरुले नगरपालिकामा उपमेयर, गाउँपालिकामा उपप्रमुख तथा वडाका सदस्य बनाउँदा थारुमाथि अन्याय...

प्रदेश नं. ७ मा एमालेले उम्मेदवार टुंगो लगायो, थारु पनि उम्मेदवार

प्रदेश नं. ७ मा एमालेले उम्मेदवार टुंगो लगायो, थारु पनि उम्मेदवार
धनगढी, वैशाख १२ गते । नेकपा (एमाले) ले ७ नम्बर प्रदेश संगठनले यहाँका ८८ स्थानीय तहमध्ये अधिकांश स्थानमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष भीम रावलको अध्यक्षतामा शनिवारदेखि बसेको बैठकले सम्भावित प्रदेश राजधानी धनगढी उपमहानगरपालिकाको भने टुंगो लगाउन सकेको छैन । त्यस्तै लम्कीचुहा र गोदावरी...

काठमाडौं चुनदेवीमा चितुवा आतंक, स्थानीय बने त्रसित

काठमाडौं चुनदेवीमा चितुवा आतंक, स्थानीय बने त्रसित
काठमाडौं, वैशाख १२ गते । चन्द्रागिरी –१२ स्थित चुनदेवीचोक माथि चुनदेवी सामुदायिक वनबाट आएको चितुवाले दुई दिनदेखि वस्तीमा आतङ्क मच्चाएपछि स्थानीय त्रसित बनेका छन् । चितुवाले घरमा बाँधेका जनावरमाथि आक्रमण गर्नथालेपछि स्थानीयहरु दुई दिनदेखि राती जाग्राम बस्दैआएका छन् । स्थानीय मञ्जु सापकोटाको घरमा बाँधेको कुकुरलाई मारेर गहुँबारीमा मान्छेको अगाडि नै चितुवाले...

आचारसंहिताकैबीच जेठ १५ मा बजेट ल्याउन मिल्छः निर्वाचन आयोग

आचारसंहिताकैबीच जेठ १५ मा बजेट ल्याउन मिल्छः निर्वाचन आयोग
लक्की चौधरी काठमाडौं, वैशाख ११ गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता लागेकै बखत जेठ १५ गते बजेट ल्याउन समस्या हुने बताइरहेकाबेला निर्वाचन आयोगले बजेट देशको विकास संरचना र नभइनहुने आवश्यकता भएकाले आचारसंहिताले बजेट ल्याउन नछेक्ने प्रष्ट पारेको छ । निर्वाचन आयोगमा सोमबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा....

पत्रकारलाई प्रश्न !

पत्रकारलाई प्रश्न !
‘सामान्यतः पत्रकारले अरुलाई प्रश्न गर्छ’ भन्ने आमबुझाई छ । पत्रकारले प्रश्नमात्र गर्ने अरुले जवाफमात्र दिनुपर्छ भन्ने पत्रकारिताको धर्म हुँदै होइन । न त त्यो कुनै देशको संविधान, विधिविधान र ऐनमा लेखिएको विषय नै हो । पत्रकार आचारसंहितामा पनि त्यो कुरा उल्लेख छैन । पत्रकार महासंघको विधानले पनि त्यो भन्दैन ।...