खिचरा महोत्सव २०७९ भोलिदेखि, गृहमन्त्री लामिछानेले उदघाटन गर्ने
हमार पहुरा डट कम
चितवन, पुस २७ गते । आठौं संस्करणको ‘खिचरा महोत्सव–२०७९’ भोलि २८ गतेदेखि शुरु हुँदैछ । महोत्सवको समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्नु हुनेभएको छ । खिचरा महोत्सव आयोजक समितिका अनुसार भोलि बिहीबार गृहमन्त्री आउने भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले महोत्सव स्थलको निरीक्षण गर्नुभएको छ...














