राजनीतिक आरोह अवरोह र अबको बाटो
राजनीति कतिबेला सुरु भयो यसै भन्न सजिलो छैन । राजनीतिशास्त्रीहरुले इशापूर्वका चिन्तकहरु शुकरात, प्लेटो र अरस्तुका विचारहरुलाई राजनीतिको सुरुवाती दिशानिर्देश मान्दछन् । त्यसो त पूर्वीय दर्शनको अध्ययन गर्दा सत्ययुग, द्वापर युगका सन्दर्भ र रामायण र महाभारतजस्ता गाथाहरुको सन्दर्भका आधारमा राजनीति र कुटनीतिको विवेचना गर्ने गरिन्छ । अर्थराजनीतिको सन्दर्भमा भारतवर्षका चाणक्य...











