थारू समाजका अमर व्यक्तित्व महेश चौधरी
देशमा राणा शासकहरुको जगजगी मचेका बेला दाङको तत्कालीन हेकुली गाविस –१, बैबाङ गाउँमा महेश चौधरीको २००७ कात्तिक १३ गते जन्मभयो । उहाँ जन्मेको चार महिनापछि २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्रको उदय भयो । चौधरी एक मध्यम परिवार किसानको घरमा जन्मनु भए पनि छोटै उमेरमा समाजमा विद्यमान पछौटेपन, अन्धविश्वास, शोषण...













