समाचार
काँग्रेस थारु कोटातर्फ चार जना थारु उम्मेदवार केन्द्रीय सदस्यमा निर्वाचित
हमार पहुरा डट कम
काठमाडौं, पुस ६ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट थारु कोटामा चार जना थारु उम्मेदवार निर्वाचित हुनुभएको छ । पुरुषतर्फ दुई जनामा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित हुनुभयो भने महिलातर्फ जीवन राना र कल्पना चौधरी निर्वाचित हुनुभयो ।
निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको मत परिणामअनुसार रामजनमले...
काँग्रेस खुलातर्फ केन्द्रीय सदस्यमा दुई थारु निर्वाचित, एक जना पराजित (मत परिणाम सूचीसहित)
महिला केन्द्रीय सदस्यमा थारु नेतृ गीता चौधरी पराजित, चित्रलेखा निर्वाचित
हमार पहुरा डट कम
काठमाडौं, पुस २ गते । नेपाली काँग्रेसको प्रदेश २ तर्फको महिला केन्द्रीय सदस्यमा थारु नेतृ गीता चौधरी पराजित हुनुभएको छ । महिला केन्द्रीय सदस्यमा काँग्रेस नेतृ चित्रलेखा यादव निर्वाचित हुनुभएको छ । सभापति शेरबहादुर देउवा समूहबाट यादव निर्वाचित हुनुभएको हो । गीता चौधरी यादवसँग ८४६ मतान्तरले पराजित...
गच्छदार २ मतले उपसभापतिमा पराजित, पुनः गणनाको माग गर्दै निवेदन दर्ता
हमार पहुरा डट कम
काठमाडौं, पुस १ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको जारी मतगणना परिणामबाट थारु नेताहरुको हारको सिलसिला शुरुभएको छ । थारु समुदायबाट सबैभन्दा माथिल्लो पदमा उम्मेदवारी दिनुभएका नेता विजयकुमार गच्छदार २ मतले उपसभापतिमा पराजित हुनुभएपछि थारु उम्मेदवारको हारको सिलसिला शुरुभएको हो ।
नेता गच्छदार अर्का उम्मेदवार धनराज गुरुङसँग...
काँग्रेसमा २० थारु चुनावी मैदानमा, उमाकान्त र तेजुलालबीच कडा प्रतिस्पर्धा
हमार पहुरा डट कम
काठमाडौं, मंसिर २७ गते । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सहमहामन्त्रीसहित केन्द्रीय सदस्यका लागि २० जना थारु चुनावी मैदानमा उत्रनुभएको छ । आज विहानदेखि साँझसम्म मतदान हुँदैछ ।
थारु कोटाको एक सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा) र तेजुलाल चौधरी (सप्तरी) बीच कडा प्रतिस्पर्धा हुँदैछ । उमाकान्त सभापति शेरबहादुर देउवा पक्षबाट...
काँग्रेस महाधिवेशन : सहमहामन्त्री र चार केन्द्रीय सदस्यमा थारु नेता सुनिश्चित
हमार पहुरा डट कम
काठमाडौं, मंसिर २५ गते । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं महाधिवेशनको दोस्रो दिन आज मनोनयन दर्ताको काम हुँदैछ । महाधिवेशनमा थारु नेताहरु पनि होमिनुभएको छ । नेता विजयकुमार गच्छदार उपसभापतिको आकांक्षी हुनुहुन्छ ।
त्यस्तै अन्य थारु नेताहरुमा उमाकान्त चौधरी, तेजुलाल चौधरी, सुरेन्द्रप्रसाद चौधरी थारु कोटाबाट सहमहामन्त्री पदमा उम्मेदवारी...
एमाले केन्द्रीय सदस्यमा निर्वाचित चार थारु नेतृप्रति थारु समुदायको भरोसा
हमार पहुरा डट कम
काठमाडौं, मंसिर १४ गते । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार सम्पन्न नेकपा (एमाले) को दशौं महाधिवेशनबाट संघर्षशील चार जना महिला नेतृहरु केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँहरु निर्वाचित भएसँगै आगामी महाधिवेशनमा एमालेको पदाधिकारीमा यी नेतृहरुको इन्ट्री हुने विश्वास थारु समुदायमा विश्वास पलाएको छ ।
उसो त...
एमाले महाधिवेशनमा ५१ जना थारु प्रतिनिधि, केन्द्रीय कमिटीमा पर्ने कसरत
लक्की चौधरी
काठमाडौं, मंसिर ११ गते । नेकपा (एमाले) को जारी दशौं महाधिवेशनमा सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि कसरत जारी छ । आज शनिबार शुरुभएको बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयलाई अनुमोदन गरेको छ । बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि सूची तयार गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेको...
नेता लेखीको भूगोल (प्रदेश २) बाट केन्द्रीय सदस्य उम्मेदवारको सम्भावना
हमार पहुरा डट कम
काठमाडौं, मंसिर ९ गते । नेकपा (एमाले) का नेता राजकुमार लेखीले अझै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छैन । दलका शीर्ष नेताहरुसँगको परामर्शपछि मात्र उम्मेदवार बन्ने नबन्ने निर्णय लिने उहाँले बताउनुभयो । उम्मेदवार बन्नैपरे भूगोल (प्रदेश २) बाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने उहाँले बताउनुभयो ।
एमालेको दशौं महाधिवेशन...














