निर्वाचन आयोग प्रदेशतर्फको समानुपातिक सिट बाँडफाँटको तयारीमा
काठमाडौंँ, पुस ६ गते । निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा बिहीबार गर्ने तयारी गरेको छ ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले गोरखापत्रसँग कुरा गर्दै सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट सङ्ख्यालाई आयोगले बिहीबार घोषणा गर्ने तयारी गरिरहेको बताउनुभयो । निर्वाचन आयोगमा रहेको...













