चिकित्सक लापरवाहीले ललिता चौधरीको मृत्यु, आफन्त आक्रोशित
काठमाडौं, असोज ९ गते । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी ललिता चौधरी (२२) को शनिबार निधन भएपछि आफन्तहरु आन्दोलित भएका छन् । आन्दोलनकाक्रममा सोमबार पाँचजनालाई सुरक्षाकर्मीले अस्पताल हाताबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा मृतक चौधरीका आफन्त तथा आन्दोलनकर्मी छन् । आफन्त गीता चौधरीकाअनुसार आन्दोलनकर्मीले वहिरंग सेवाको...














