स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई जेठ अन्तिमबाट प्रशिक्षण
काठमाडौँ, जेठ ९ गते । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई समेत प्रदान गरिने मन्त्रालयले बताएको छ ।...














