किनाराका अलिखित संवेगहरू
कर्खा कोट र कोतका समयका कल्पान्त गाथाहरू–
हुड्कामा विरुदावली पयरमा छन् घाउ–टाँकाहरू !
फाटेको इतिहासको छ पगडी कर्नाल भोकै बजे,
पैताला रगताम्य माथ–तनमा रङ्गीन धाजा सजे !
–। १ ।–
पैकेला झगुला र खाँक्कर तिनै लोकोक्तिका आँखर,
पुर्खाका पदचाप कोरस कला संस्कारका पाहुर !
सारा वस्त्र सिलाउने ‘बलबिरे’ निर्वस्त्र आफैँ किन ?
ढाल्ने शस्त्र सुवीर ‘जग्गु तिरुवा’ सन्त्रस्त...