देश
फोरम लोकतान्त्रिक त्याग्दै केन्द्रीय नेताहरु फोरम नेपालमा प्रवेश
रुपन्देही, चैत ३१ गते । विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) पार्टी परित्याग गर्दै केन्द्रीय सदस्यसहित नेताहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
विरगञ्ज र रुपन्देहीमा भएको छुट्टाछुट्टै कार्यक्रममा गच्छदार नेतृत्वको पार्टीका केन्द्रीय सदस्य मोहनलाल यादव, क्षेत्रीय अध्यक्ष विरेन्द्र कुर्मी, क्षेत्रीय सचिव बेचु केवट सहितका नेता पार्टी...
बस्ती स्थानान्तरणको प्रक्रियाप्रति बाँदरझुलाबासीहरुको आपत्ति
सन्तकुमार चौधरी
रतनपुर (चित्तवन), ३१ चैत । बस्ती स्थानान्तरणको नाममा चितवनको बाँदरझुलाबासीलाई झुक्याउन लागेको भन्दै स्थानीय अगुवाहरुले आपत्ती जनाएका छन् ।
बस्ती स्थानान्तरण हुनेकुरा जायज भएपनि प्रक्रिया व्यवहारीक नभएको भन्दै आपत्ती जनाएको बताएका छन् । चार सदस्यसहित भरतपुर पुगेको टोलीले विहिबार विहान भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी बस्ती स्थानान्तरण प्रकृया नसच्याए आफुहरु...
नेपालगञ्ज साहित्यिक महोत्सवमा थारु हस्तकलाको चर्चा
भगतराम थारु
नेपालगञ्ज, चैत २८ गते । नेपालगन्जमा जारी साहित्य महोत्सवमा थारु हस्तकला प्रदर्शनको चर्चा व्यापक छ । सो महोत्सवमा थारु कलाको प्रर्दशनले दर्शकको भिड लागेको छ ।
थारु हस्तकला गोरी, ढकिया, नुङया, भौका, सुप्पा लगायत विभिन्न खालका थारु परम्परागत हस्तकला प्रदर्शनमा राखिएको छन् । गत २५ गतेदेखि जारी नेपालगन्जमा साहित्यीक महोत्सव...
सिकलसेल न्यूनिकरण थारु समुदायका लागि एक प्रमुख चुनौति
भगतराम थारु
नेपालगञ्ज, चैत २८ गते । थारु समुदायमा देखा परेको सिकलसेल एनेमिया जनस्वास्थ्यको समस्याका रुपमा देखा परेको भेरी अञ्चल अस्पतालका कन्सलटेण्ट फिजिसियन डाक्टर राजन पाण्डेले बताउनुभएको छ ।
थारु पत्रकार संघ नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. पाण्डेले थारु समुदायको मुख्य चुनौतीको रुपमा सिकलसेल एनेमिया रोग रहेको बताउनुभयो ।
यो रोगले...
नेपालगञ्जको कार्यक्रममा थारु नृत्य तथा साहित्यिक रचनाको प्रभाव
नेपालगञ्ज, चैत २६ गते । नेपालगञ्जमा आयोजित कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रम थारु संस्कृति तथा थारु मातृभाषाका कविता गजलमय भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तको अवसरमा चैत २५ देखि शुरुभएको दुई दिने बाङ्मय गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा थारु समुदायको सांस्कृतिक कार्यक्रम तथा मातृभाषाका कविता, गीत र गजल प्रस्तुत गरिएका...
नेपालगञ्जको साहित्यिक कार्यक्रममा थारु हुरदंग्वा नाचको चमक
लक्की चौधरी
नेपालगञ्ज, चैत २५ गते । बाँके पेरारी गाउँको थारु हुरदंग्वा नाचले साहित्यिक माहौलमा थप रौनक थपिदिएपछि सहभागीहरु सभाहलमै खुशीले उफ्रिन थाले । दिनभरीको भाषण भुषण र दिमागी कसरतले थकित मनलाई थारु नाचले राम्रै मनोरञ्जनको अनुभूति गरायो ।
“तराई, पहाड हिमाल हामी सबै नेपाली, नयाँ संविधानमा हामी समान सहभागी” बोलको गीतमा...
शुक्रबारदेखि नेपालगञ्जमा साहित्यिक क्षेत्रीय वाङ्मय कार्यक्रम हुँदै
नेपालगञ्ज, चैत २४ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले हिरक जयन्तीको अवसरमा शुक्रबार र शनिबार दुई दिन नेपालगञ्जमा साहित्यिक क्षेत्रीय वाङ्मय कार्यक्रम शुरु गर्दैछ । यस क्षेत्रको भाषा, साहित्य र संस्कृतिको उन्नयनका लागि कार्यक्रम गर्न लागिएको प्रतिष्ठानले बताएको छ ।
प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरीकाअनुसार प्रज्ञा प्रतिष्ठान स्थापना भएको ६०...
बागेश्वरी मन्दिरमा चैते दशैंको भोलिपल्ट थारु समुदायको भीडभाड
भगतराम थारु
नेपालगञ्ज, चैत २३ गते । राम नवमीको अवसरमा बुधबार विहानैदेखी यस क्षेत्रको सबै भन्दा ठूलो शक्तिपिठ बागेश्वरी मन्दिरमा पुजाआजा गर्नेहरुको भिड लागेको छ ।
रामनवमीको अवसर पारेर नेपालगन्जको वागेश्वरी मन्दिरमा ठूलो संख्यामा थारु समुदायको भिड देखियो । चैते दशैको भोलिपल्ट मनाइने रामनवमी पर्व थारु समुदायको उल्लेख्य मात्रामा मनाउने गर्नाले हरेक...
घरकै भैंसीले लतार्दा दाङकी कौशिला चौधरीको मृत्यु
दाङ, चैत २२ गते । बबई गाउँपालिका–६ बुटकेवामा मंगलबार घरकै भैँसीले लतार्दा एक थारु महिलाको निधन भएको छ । भैँसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई भैसीले लतार्दा उनको मृत्यु भएको बताइएको छ ।
चराइसकेपछि पानी खुवाउने क्रममा हातले दाम्लो समाएको अवस्थामा भैँसी एक्कासी दौडिएपछि चौधरी लतारिएर घाइते हुनुभएको...














