प्रदेश ५ को सम्भावित मुख्यमन्त्री शंकर पोखरेलबारे संक्षिप्त जानकारी

प्रदेश ५ को सम्भावित मुख्यमन्त्री शंकर पोखरेलबारे संक्षिप्त जानकारी
नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नाम हो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीहरुको नेताकोरुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक...

कैलाली जिल्लामा तीनजना थारु प्रतिनिधिसभातर्फ जितको निकट

कैलाली जिल्लामा तीनजना थारु प्रतिनिधिसभातर्फ जितको निकट
लक्की चौधरी धनगढी, मंसिर २४ गते । थारु समुदायको सबैभन्दा वढी जनसंख्या रहेको कैलाली जिल्लाको पाँचवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ तीनजना थारु उम्मेदवार जितको निकट पुगेका छन् । थारु समुदायमा उत्साह देखिएको छ । कैलाली क्षेत्र नं. ५ अन्तर्गत वाम गठबन्धनको नेकपा (एमाले) बाट नारदमुनी रानाथारु प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा...

मजदुरी गरेर चित्तवनको एक महिला समूहले पक्की भवन निर्माणमा

मजदुरी गरेर चित्तवनको एक महिला समूहले पक्की भवन निर्माणमा
कारी महतो चितवन, मंसिर २२ गते । चितवनको खैरहनी नगरपालिकास्थित एक महिला समूहले कृषि मजदुरी गरेर भूकम्परहित सामूदायिक भवन निर्माणमा लागेको छ । खैरहनी नगरपालिका वडा नं. ७ सुर्ताना गाउँका ४८ जना महिलाहरुले २०७१ सालमा प्रगति महिला किसान समूह गठन गरेका थिए । तीन वर्षको अवधिमा उनीहरुले कसैको सहयोगविना नै उल्लेखनीय प्रगति...

कैलाली क्षेत्र ५ को मतगणना शुरु, एमालेका नारदमुनी रानाको अग्रता

कैलाली क्षेत्र ५ को मतगणना शुरु, एमालेका नारदमुनी रानाको अग्रता
धनगढी, मंसिर २२ गते । कैलालीको निर्वाचन क्षेत्र ५ को प्रतिनिधि र प्रदेश सभाको मतगणना शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको छ । क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन क्षेत्र ५ को मतगणना सुरु गरिएको हो । अन्य क्षेत्रको मतगणना अझै शुरु हुन सकेको छैन । मत...

कैलाली ५ मा कडा प्रतिस्पर्धा, मतदाता भन्छन् ‘हजारको फरक पर्ला’

कैलाली ५ मा कडा प्रतिस्पर्धा, मतदाता भन्छन् ‘हजारको फरक पर्ला’
लक्की चौधरी कैलालीको क्षेत्र नं. ५ मा वाम गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । जित हार हुँदा एक हजारदेखि पन्ध्रसयको अन्तर हुने मतदाताहरुको अनुमान छ । कांग्रेसबाट उम्मेदवार बनेकी आरजु राणा देउवाको चर्चा बढी सुनिए पनि चर्चा भएकोजस्तो मत उनको पक्षमा नखसेको कांग्रेसकै कार्यकर्ताले तर्क गरेका छन्...

७५ वर्षिय समाजसेवी छेदीलाल चौधरीको निधन, विहिबार नै अन्त्येष्टि

७५ वर्षिय समाजसेवी छेदीलाल चौधरीको निधन, विहिबार नै अन्त्येष्टि
काठमाडौं, मंसिर २१ गते । समाजसेवी छेदीलाल चौधरीको ७५ वर्षको उमेरमा विहिबार विहान पौने १ बजे निधन भएको छ । उहाँको विहिबार विहान नै पशुपति आर्याघाटमा अन्तिम दाहसंस्कार भएको छ । लामो समयदेखि फोक्सो र किडनीका विरामी समाजसेवी चौधरीको १९९९ मा जन्म भई २०७४ मंसिर २१ गते निधन भएको उहाँको सुपुत्र...

कैलालीको निर्वाचन तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त छः प्रशासन

कैलालीको निर्वाचन तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त छः प्रशासन
लक्की चौधरी धनगढी, मंसिर २० गते । विहिबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सबै तयारी पूरा भएको र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले आम मतदाताहरुमा आव्हान गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बुधबार विहान सुरक्षा निकायका...

थारु युवाले भने,‘थारुको अधिकारकालागि युवा संगठित हुनुपर्छ’

थारु युवाले भने,‘थारुको अधिकारकालागि युवा संगठित हुनुपर्छ’
लालु चौधरी तुलसीपुर, मंसिर २० गते । थारु समुदायको अधिकार प्राप्तीकालागि थारु युवाहरु नै संगठित भएर लाग्नुपर्ने थारु युवाहरुले एक कार्यक्रममा बताएका छन् । तुलसीपुरमा भएको थारु युवाहरुको भेलाले थारुहरु वर्षौदेखि पछिपरेको र पछि पारिएकाले अब आफ्नो समुदायको हक अधिकारका लागि अघि बढ्नु पर्ने भेलामा बताएका हुन् ।  थारु अगुवा घनश्याम थारुको...

दाङका थारु कलाकारहरु म्युजिक भिडियो निर्माणतिर आकर्षित हुँदै

दाङका थारु कलाकारहरु म्युजिक भिडियो निर्माणतिर आकर्षित हुँदै
विष्णु कुशुम घोराही, मंसिर २० गते । संस्कृतिको धनी मानिने थारु समुदायमा अब केहि गर्ने आशा पलाएको छ । थारु समुदायमा पछिल्लो समय म्युजिक भिडियो बनाउनेक्रम बढिरहेको अवस्थामा युवा पुस्तालाई मध्यनजर गर्दै आधुनिक गीत तथा नृत्यप्रति यस समुदायको निकै लगाव बढेको पाइएको छ । दाङमा पनि थारु कलाकार संघ स्थापना भएलगत्तै दङ्गाली...

थरुहट आन्दोलनले कैलालीमा थारु सेन्टिमेन्ट कायम राख्ला ?

थरुहट आन्दोलनले कैलालीमा थारु सेन्टिमेन्ट कायम राख्ला ?
लक्की चौधरी काठमाडौं, मंसिर १८ गते । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी कैलालीमा पर्छ । कैलालीमा थारुको जनसंख्या सबैभन्दा वढी छ । थरुहट आन्दोलनको उदगमस्थल पनि कैलाली नै हो । २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा थरुहट आन्दोलनले निर्वाचन परिणाममा थारु सेन्टिमेन्ट कायम राख्ला कि राख्दैन ? थारु अगुवाहरुले...