ब्यानर समाचार
प्रत्यक्ष तर्फ कुल ४९५ क्षेत्र सहितको प्रतिवेदन आयोगले बुझायो (सूचिसहित)
काठमाडौं, भाद्र १५ गते । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन सरकारलाई बुझाएको छ ।
आयोग अध्यक्ष कमलनारायण दासले बुधबार साँझ प्रतिनिधि सभाका लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कूल ४९५ क्षेत्रसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका...
थारु पत्रकार संघ नेपाल बाँकेको साधारणसभा भाद्र १८ गते हुने
भगतराम थारु
बाँके, भाद्र १४ गते । थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो बार्षिक साधारणसभा यहि भाद्र १८ गते नेपालगन्जमा हुने भएको छ । संघ नेपाल बाँके शाखाको आज नियमित बैठक बसी यहि १८ गते दोस्रो बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
शाखा अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बसेको बैठकले आगामी...
पुनःस्थापनामा सरकार गम्भीर नभएको आरोप, गम्भीर छः मन्त्री दहित
लक्की चौधरी
काठमाडौं, भदौ १२ गते । भूमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितले मुक्त कमैया, कमलरी, हलिया, हरुवा चरुवालाई सरकारको तर्फबाट प्रदान गरिने आवश्यक सुविधा र पुनस्र्थापना बापतको रकम आफ्नो कार्यकालमा फ्रिज हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
मुक्त हलिया, मुक्त कमैया तथा हरुवा–चरुवाको संयुक्तरुपमा सोमबार यहाँ आयोजित नागरिक सम्मेलन कार्यक्रममा...
चेलीबेटीले माइती प्रतिनिधिको बाटो कुर्ने पर्व थारु अत्वारी
लक्की चौधरी
काठमाडौं, भाद्र ११ गते । अरु चाडपर्वमा विवाहिता चेलीलाई माइतीमा ल्याएर घर परिवारका सदस्यहरु सामुहिकरुपमा मीठो मसिनो खाएर मनाइने गरेपनि थारु अत्वारी पर्वमा भने विवाहिता चेलीलाई माइती नल्याउने प्रचलन छ ।
थारु समुदायको वर्षमा एक पटक पुरुषले व्रत बस्ने पर्वकोरुपमा चिनिने अत्वारी पर्वमा आधा दिन भएपनि पुरुषहरु सूर्य र वलशाली...
गाभर भ्याली होमस्टे प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
भगतराम थारु
गाभर, भदौ १० गते । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिकाको पर्यापर्यटकीय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक बढ्दै गएको छ ।
चिसापानीस्थित गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यकारूपमा विकास हुन थालेको छ । गाभर भ्याली वरिपरि निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुनाकोरुपमा समेत चिनिदै...
थारु अगुवाले अट्वारी पर्वमा दुई दिनको सार्वजनिक विदा माग गरे
सन्तोष दहित
तुलसीपुर, भदौ १० गते । थारु समुदायको अट्वारीलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रममा बोल्ने थारु अगुवाहरुले गुनासो गरेकाछन् । शनिवार तुलसीपुर ५, जबरपुरस्थित नमूना भूह्यार थानमा थारु पत्रकार संघ, ख्याल बगाल, नमूना भुह्यार थानको संयुक्त आयोजनामा अट्वारीको शुभकामना आदानप्रादन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
उनिहरुले देशमा लोकतन्त्र गणतन्त्र स्थापना...
अट्वारीक मिथक बर्किमारके समकालीन थारु सभ्यता होः सुशील थारु
सुशील चौधरी साँस्कृतिक अभियानकर्ता हुइट । उहाँ लम्मा समयसे थारु भाषा, साहित्य ओ संस्कृति, क्षेत्रम सशक्त रुपमे कलम चलैटि आइल बाट । चौधरी करिब दुई दशकठेसे मानवअधिकार आन्दोलनमे क्रियाशीलफे बाट । कमैया, कम्लरी, भुमिहिन मुक्ति आन्दोलनम उहाँके विशेष योगदान बाटन । थारु समुदायन्हक ढुरिक खम्वाके रुपम राष्ट्रिय ओ अन्तर्राष्ट्रिय स्तरम...
आदिवासी आन्दोलनको हवीगत
नेपालको आदिवासी जनजाति आन्दोलन भनेको विभेद र उत्पीडनको गर्भबाट जन्मिएको आन्दोलन हो । राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले सृजित संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय, जातीय हैकमवाद बिरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शिताको परिणामको उपज हो, आदिवासी आन्दोलन...
दक्षिण कोरियाबाट मृगौला पीडित हरेराम महतोलाई आर्थिक सहयोग
कारी महतो
चित्तवन, भदौ ८ गते । थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र चितवन सम्पर्क समिति दक्षिण कोरियाले मृगौला पीडित हरेराम महतोलाई ८० हजार रुपियाँ सहयोग पठाएको छ ।
हरेराम महतो बचाऊ अभियानलाई आएको उक्त सहयोग मध्ये यो नै हालसम्मको सबैभन्दा ठूलो सहयोग हो । यसअघि अमेरिकाबाट सरीता कँडेल र जीवन...














