थारु पत्रकारलाई सिर्जनात्मक हुन थारु अगुवाहरुको एकमुष्ट सुझाव
काठमाडौं, भदौ २४ गते । थारु पत्रकारलाई समय सापेक्ष सिर्जनात्मक र खोजमुलक हुन थारु अगुवा तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् ।
दशैं, तिहार, छठ, जितिया र सामाचकेवा पर्वको अवसरमा थारु पत्रकार संघ, नेपालको आयोजनामा शनिबार यहाँ आयोजित शुभकामना कार्यक्रममा अगुवाहरुले त्यस्तो सुझाव दिनुभयो । कार्यक्रममा थारु अगुवा तथा प्रतिनिधिहरुले सो पर्वको...













