मृगौला पीडित शावित्री चौधरीको दाताहरुसँग आर्थिक सहयोगको आग्रह
हमार पहुरा डट कम
काठमाडौं, माघ १५ गते । साविक पथरैया ७, कैलाली तथा हाल लम्कीचुहा नगरपालिका १ भुर्वा बस्नुहुने मृगौला पीडित मुक्त कमलहरी शावित्री चौधरी (३५) ले सहयोगको आग्रह गर्नुभएको छ । चिकित्सकहरुको सुझावअनुसार आफ्नो एउटा मृगौला काम नगरेको र चाँडै उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोगको आग्रह उहाँले गर्नुभएको हो...














