अगहनी धान र चामलको परिकार चढाएर थारु समुदायले गरे नेमान पूजा
सुनिल चौधरी
झुम्का, पुष ४ गते । मंसिर पूर्णिमामा नयाँ उत्पादन भएको अगहनी ननिहा धान र चामलको परिकार चढाएर थारु समुदायले आइतबार नेमान पूजा गरेका छन् । अन्नबाली भित्र्याएको अवसरमा अगहनी धानको धुनी जगाउने र चामलको लड्डु, फलफुल, आँटा लगायत परिकार बनाएर कुलदेवतालाई विधिवत चढाई थारु समुदायले नेमान पूजा गरेका हुन्...












