समाजका लागि योगदान दिएकोभन्दै चौधरीसहित विभिन्न व्यक्ति सम्मानित
बाँसगढी, असार २४ गते । बर्दियामा लामो समयदेखि पत्रकारिता गर्दैआएका दुईजना पत्रकार आइतबार यहाँ सम्मानित भएका छन् । पत्रकारितामार्फत समाजलाई सुसूचित गर्नमा योगदान दिएको भन्दै उनीहरुलाई सम्मानित गरिएको हो ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले स्थापना गरेको नागरिक शहिद गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारिता गरिरहेका गुर्वावा...














