पिपरा दोस्रो गोल्डकप प्रतियोगिता आगामी माघ ११ देखि बारामा हुने
दुष्यन्त चौधरी
कलैया, पुस १२ गते । पिपरा गोल्डकपको दोश्रो संस्करण माघ ११ गतेदेखि बाराको करैयामाई गाउपालिका ७ पंचगछिया खेल मैदानमा संचालन हुने भएको छ ।
बाराको सदरमुकाम कलैयास्थित रहेको थारु कल्याणकारिणी सभा हलमा आयोजक सृजनसील युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा बुधबार जानकारी गराएको हो ।
आयोजक क्लबकाअनुसार प्रतियोगितामा भरतपुर फुटबल क्लब,...














