थारु गाउँघरमा माघी पर्वको चहलपहल, भव्य स्वागतको तयारी
भगतराम थारु
नेपालगन्ज, पुस २९ गते । थारु समुदायको माघी पर्व आउन दुई दिन बाँकी रहँदा थारु बस्तीमा माघीको चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् ।
माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामकासाथ मनाउने गरेको बर्दिया ठाकुरबाबा नगरपालिका...














