गंगा दशहराको अवसरमा बेहडाबाबा मन्दिरमा दर्शनार्थीको लाग्यो घुइँचो
हमार पहुरा डट कम
धनगढी, असार २ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज विहानैदेखि घुइँचो लागेको छ ।
जेष्ठ शुक्ल दशमी गंगा दशहराका अवसरमा पूजाआजा गर्ने दर्शनार्थीको आज भिडभाड लागेको हो । यस अवसरमा बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहरा मेला पनि लागेको...














