देश
सामाजिक सदभाव कायम गर्न भन्दै सामुहिक सहभोज कार्यक्रम
अविनाश चौधरी
धनगढी, कात्तिक २४ गते । कैलालीको पर्यटकीय क्षेत्र कोइलहुवा ताल परिसरमा ब्राहमण, क्षेत्री, दलित र जनजाती समुदाय सम्मिलित संयुक्त सहभोज कार्यक्रम आयोजना गरिएको छ ।
जातीय छुवाछुत अन्त्यको पहल र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मुक्त कमैया महिला विकास मञ्चको आयोजनामा सो सहभोज गरिएको हो । सामाजिक सद्भाव र लोकतान्त्रिक...
पढेलेखेका युवालाई सीपमुलक तालिमबाट स्वरोजगार बनाइँदै
सन्तकुमार चौधरी
चितवन, कात्तिक २३ गते । शिक्षीत युवाहरुलाई लक्षित गरेर चितवनको सौराहामा तीन महिने निशुल्क कुक तथा वेटर तालिम सुरु भएको छ । चितवनको रत्ननगरस्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्तालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरेको हो ।
नेपाल सरकार र एशियाली विकास बैंकको अनुदान सम्झौताअनुसार सामुदायिक वनले...
थारुटोल बलहामा कार्यक्रमगरी दिदीवहिनीले गरे समाचकेवा बिसर्जन
सुनिल चौधरी
झुम्का, कात्तिक २१ गते । तराई क्षेत्रमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेम प्रतीकका रुपमा रहेको सामाचकेवा सुनसरी इनरुवाको बलाहा गाउँमा एक कार्यक्रमगरी जलाशयमा बिर्सजन गरिएको छ ।
थारु जागृति क्लव बलाहा सुनसरीको अयोजनामा महिलाहरुले एक अर्कासँग मूर्तिहरु साटासाट गर्दै सामुहिक रुपमा बिर्सजन गरेको दुलिचन चौधरीले बताउनुभयो ।...
थारु भाषालाई सरकारी कामकाजको रुपमा प्रयोगमा ल्याउन माग
मानबहादुर चौधरी
बर्दिया, कातिक १९ गते । बर्दियाका सबै स्थानीय तहमा थारु भाषालाई सरकारी कामकाजको रुपमा प्रयोग गर्न माग थारु अगुवाहरुले गर्नुभएको छ ।
बारबर्दिया नगरपालिकाको आर्थिक सहयोग तथा समन्वय र कर्मशील नेपाल, थारु भाषा तथा साहित्य उत्थान मञ्च, थारु पत्रकार संघ, जंग्रार साहित्यक बखेरीको आयोजनामा कातिक १८ गते बारबर्दिया नपामा भएको...
‘आर्थिक परिवर्तनका लागि एक पटक मलाई सहयोग गरिदिनुस्’
लक्की चौधरी
झम्का (सुनसरी), कात्तिक १९ गते । नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले स्थानीय विकास र आर्थिक समृद्धिकालागि सहयोग गर्न मतदाताहरुसँग आग्रह गर्नुभएको छ ।
थारु पत्रकार संघ नेपालको तेस्रो केन्द्रीय अधिवेशनको शनिबार यहाँ उदघाटन गर्दै चौधरीले त्यस्तो आग्रह गर्नुभयो ।...
थारु पत्रकार संघको केन्द्रीय अधिवेशन शनिबारदेखि सुनसरीमा शुरु
सुनसरी, कात्तिक १७ गते । थारु पत्रकार संघ नेपालको तेस्रो केन्द्रीय अधिवेशन शनिबारबाट सुनसरीको झुम्कामा शुरु भइरहेको छ । अधिवेशनमा भाग लिन काठमाडौं उपत्यकासहित १३ जिल्ला शाखाका प्रतिनिधि झुम्कामा शुक्रबार साँझसम्म जम्मा भइसकेको आयोजकले बताएको छ ।
२०६७ साल चैत १६ गते विधिवत केन्द्रमा दर्ता भई सञ्चालनमा रहेको थारु पत्रकारको साझा...
थारु महिला उत्थान समाजद्वारा अपाङ्गता विद्यार्थीलाई पोशाक सहयोग
सुनसरी, कात्तिक १६ गते । सुनसरीको झुम्कामा कार्यरत थारु महिला उत्थान समाजले स्थानीय रामधनुी ३ स्थित जनता माध्यमिक विद्यालयका अपाङ्गता भएका २१ जना विद्यार्थीलाई जाडोमा लगाउने जंक–शुट थान २१ वितरण गरेको छ ।
दीपावलीको अवसरमा देउसी भैली खेलेर संकलन गरिएको रकममध्ये २० हजार रुपैयाँको न्यानो कपडा किनेर बालबालिकालाई वितरण गरिएको समाजकी...
थारु भाषामा प्रकाशित संबिधान व्यवस्था बारेमा नेपालगञ्जमा विमर्श
विमला चौधरी
नेपालगञ्ज, कात्तिक १४ गते । पहिलो पटक पश्चिमा थारु भाषामा प्रकाशीत नेपालको संबिधानका विषयमा आज नेपालगञ्जमा थारु अगुवाबीच छलफल विमर्श गरिएको छ ।
देवनागरी लीपी र नेपाली भाषामा मात्र रहेको एक वर्षअघि जारी संविधान प्राचिन सृजनशिल आदिबासी समाज बर्दियाको सहयोगमा पत्रकार एकराज चौधरीले अनुवाद गर्नुभएको हो ।
थारु पत्रकार संघ बाँकेको...
थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउने पहल शुरु हुँदै
वर्दिया, कात्तिक १३ गते । थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउनकालागि बारबर्दिया नगरपालिकाले बर्दिया जिल्लाभरिका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई आमन्त्रण गरेर आउने शनिबार १८ गते छलफल गराउने भएको छ ।
गुलरीया नगरपालिकामा बसेको बैठकमा सो कार्यक्रमका लागि बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले संयोजन गर्ने निर्णय भएको छ ।
थारु बहुलजिल्लामा थारु भाषालाई...














