जेब्राक्रसिङको वारपार बार लगाएपछि सर्वसाधारणलाई हिड्न सास्ती
भगतराम थारु
नेपालगन्ज, मंसिर १ गते । यात्रुलाई सहज होस भनेर नेपालगन्जको चारलेन सडकमा बनाईएको जेब्रा क्रसिङले यात्रुलाई उल्टो सास्ती दिएको छ ।
यात्रुलाई सहजतापूर्वक सडक वारपार गर्न बनाईएको जेब्राक्रसिङले यात्रुलाई झन सास्ती भएको सर्वसाधारणहरु बताउँछन् । जेब्राक्रसिङ छ, सडक पेटीसम्म जाने खुल्ला बाटो छैन कसरी सहजता पाउने एक बटुवाले भने ।...














