खिचरा महोत्सवको नृत्य प्रतियोगिताको अडिसन सम्पन्न
कारी महतो
खैरहनी (चितवन), पुस २६ गते । चौथो खिचरा महोत्सव २०७३ को नृत्य प्रतियोगिताको मंगलबार अडिसन राउण्ड सम्पन्न भएको छ । ४३ जनाले नामदर्ता गराएकोमा अडिसनबाट १५ जना छनौट भएको आयोजकले बताएको छ ।
छनौट भएका प्रतियोगीहरुले पुस २९ गते हुने सेमिफाइनल राउण्डमा खिचरा महोत्सवको स्टेजबाट आफ्ना नृत्यहरु प्रदर्शन गर्ने कुरा...













