प्रदेश ७ को राजधानी धनगढी किन ?
मन्त्रिपरिषदको पुस १८ को बैठकले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेपछि प्रदेश राजधानीको वहस अहिले छताछुल्ल भएको छ । राजधानी आफ्नो सुगम जिल्लामा हुनुपर्ने मागगर्दै आन्दोलन, संघर्ष शुरुभएका छन् । प्रदेशको राजधानी राख्न भौतिक निर्माण संरचना, भौगोलिक समदुरी, जनसंख्याको अनुपात, मिडियासँगको सम्पर्क, सुरक्षाको अवस्था यावत विषयलाई ख्यालै नगरी राजधानी माग्ने परिपाटी...














