संविधान कार्यान्वयनमा युवाको पारस्परिक जवाफदेहिताको खाँचो
धनगढी, मंसिर १७ गते । संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न युवाबीच पारस्परिक सहयोग र प्रतिवद्धताको खाँचो रहेको युवाहरुले बताएका छन् ।
सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्वारा आयोजित युवा स्वयम्सेवक सञ्जालमा आबद्ध युवाहरुलाई पारस्परिक जवाफदेहिताका लागि युवाहरुको भुमिका विषय एक दिने कार्यशाला कार्यक्रममा युवाहरुले त्यस्तो बताएका हुन् । कार्यक्रम कैलारी...














