मोर्चा निर्वाचनमा आए दुईचरण, नआए एकैचरणमा निर्वाचन हुने
काठमाडौं, वैशाख ६ गते । व्यवस्थापिका संसदमा रहेका प्रमुख पाँच दलले तोकिएकै मिति वैशाख ३१ स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको प्रमुख पाँच दलको बैठकमा नेताहरु स्थानीय तहको निर्वाचनको विकल्प नरहेको भन्दै त्यस्तो निर्णय गरेका हुन् । आगामी निर्वाचन भयरहित ढंगले सम्पन्न गर्न...














