संविधान संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जाउँः सभापति देउवा
काठमाडौं, चैत ८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।
सभापति देउवाले स्थानीय तहको निर्वाचनमा आउन मधेस केन्द्रित दलहरुलाई आग्रह समेत गर्नुभयो । संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गरे पारित हुने अवस्था नरहेकाले त्यसलाई हाल थाती राख्नुको विकल्प छैन...














