ब्यानर समाचार
उत्थान समाजले शुरुगर्यो श्रमिक महिलालाई उद्यमशील बनाउने तालिम
हमार पहुरा डट कम
झुम्का (सुनसरी), फागुन २६ गते । थारु महिला उत्थान समाज सुनसरीले श्रमिक महिलालाई उद्यमशील बनाउने उद्देश्यले पाँच दिने सीपमुलक तालिमको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर समाजले सो तालिमको शुरुवात गरेको हो ।
महिलामा सीप भएमा आयआर्जन गर्नसक्ने र घरव्यवहार चलाउनसक्ने र महिलाको क्षमता...
माग सम्बोधन नभएको भन्दै थरुहट मोर्चाको दुई दिने तराई बन्द घोषणा
हमार पहुरा डट कम
धनगढी, फागुन १९ गते । लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुई दिन तराई बन्दको घोषणा गरेको छ । सरकारले माग सुनुवाई नगरेको भन्दै मोर्चाले बन्दको आव्हान गर्नुपरेको बताएको छ । थरुहटको बन्दमा पूर्वका खम्बुवान राष्ट्रिय मोर्चा नेपालले समेत ऐक्यवद्धता जनाएको...
थारु संस्कृतिबाट अरु समुदायले पाठ सिके समाज रुपान्तरण हुन्छ
हमार पहुरा डट कम
धनगढी, फागुन १८ गते । थारु अगुवा तथा संस्कृतिका जानकारहरुले थारु परम्परा तथा संस्कृतिबाट गतिलो पाठ सिक्ने सके समाज रुपान्तरणमा जाने विश्वास व्यक्त गर्नुभएको छ । विश्व साहित्य महोत्सवको आफ्नै इतिहासः आफ्नै परम्परा शीर्षकमा वहस गर्ने क्रममा वक्ताहरुले सो विश्वास व्यक्त गर्नुभयो ।
सुदूरपश्चिमको धनगढीमा फागुन १४ देखि...
धनगढीमा विश्व साहित्य महोत्सव शुरु, थारु भाषा संस्कृतिमा छलफल हुने
हमार पहुरा डट कम
धनगढी, फागुन १४ गते । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेशको सहयोगमा बुधबारदेखि धनगढीमा विश्व साहित्य महोत्सव शु्रुभएको छ । महोत्सवमा करिब तीनसय साहित्यकारहरुको सक्रिय सहभागिता छ । महोत्सवमा थारु साहित्य तथा संस्कृतिको विषयमा समेत छलफल हुनेछ ।
महोत्सवको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभयो । महोत्सवमा...
थारुमा फुट भएकै कारण राज्यसहित सबैले थारुमाथि विभेद गरे
हमार पहुरा डट कम
काठमाडौं, फागुन ८ गते । थारु समुदायमाथि राज्यले सदियौंदेखि विभेद गर्दैआएको र आजको अवस्थामा समेत त्यही अवस्था रहेको भन्दै थारु अगुवाहरुले आक्रोश व्यक्त गरेका छन् । थारु समुदायमा एकताको अभाव हुनु र आफ्नै सोझोपनले सबै पक्षबाट थारु हेपिएको बुझाई वक्ताहरुको छ ।
नेपाल थारु पत्रकार संघले विहिबार यहाँ...
थारु खाना परिकार र संस्कृतिको प्रवद्र्धन गर्न घोङ्घी बगिया थारु भिलेज
प्रदेश १ को रामधुनी नगरपालिका १, झुम्का सुनसरीमा थारु परिकार, कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले घोङ्घी बगिया थारु भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । २०७५ फागुन २९ गतेबाट औपचारिक शुभारम्भमा आएको भिलेजमा अहिले दैनिक संयौंले विभिन्न थारु परिकारको स्वाद लिने अवसर पाएका छन् । समय समयमा भिलेजमा थारु कला संस्कृतिको...
थारु कलाकार मञ्च बाँकेको नयाँ म्युजिक भिडियो घोङ्घी सार्वजनिक
भगतराम थारु
नेपालगन्ज, फागुन ४ गते । राष्ट्रिय थारु कलाकार मञ्च बाँकेको पहिलो प्रस्तुती घोङ्घी बोलको थारु म्युजिक भिडियो आइतवार सार्वजनिक भएको छ । वाईएस मिडिया प्रा.लि बाँकेको युट्युवबाट घोङ्घी बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको हो ।
चर्चिच गायक खेम भौगरियाको घोङ्घी खाख नम्मा होगिल चोगी बोलको थारु म्युजिक भिडियो बाँकेको...
के हो थारु भोज ? कसरी सम्पन्न हुन्छ !
मनुस्मृतिले विवाह (भोज) लाई दुई आत्माबीचको पवित्र मिलन भनेका छन् । अर्थात् विवाह दुईजनाबीचको सम्झौता हो । एउटी स्त्री र एउटा पुरुषबीच सँगै जीवनयापन गर्ने सम्झौता भयो भने त्यसलाई विधि पु¥याएर विवाहको रुप दिइन्छ । विवाह भन्ने चिज कुनै एकजनाले चाहेर मात्र हुँदैन । केटा र केटी दुवैबीचको चाहना हुनुपर्छ...
समाज रुपान्तरणमा भूमिका निर्वाह गर्न जनजाति पत्रकारलाई आग्रह
हमार पहुरा डट कम
बारा (कोल्हवी), फागुन ३ गते । समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहने गरेपनि अहिले पत्रकारको कलमप्रति नागरिकको विश्वास घट्दै गएकाले गरिमा कायम राख्न राजनीतिक दलका नेता तथा समाजका अगुवाहरुले आग्रह गर्नुभएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको प्रथम जिल्ला साधारणसभामा शनिबार यहाँ बक्ताहरुले त्यस्तो आग्रह...














