हाम्रो मौलिक संस्कृति हाम्रो जीवन र जगतसँग जोडिएको छः विज्ञहरु
लक्की चौधरी
काठमाडौं, वैशाख १३ गते । संस्कृतिका विज्ञहरुले नेपाली मौलिक संस्कृति दिनप्रतिदिन लोप हुँदैगएकोप्रति चिन्ता व्यक्त गर्दै संस्कृति मरेमा नेपाली समाज मरेतुल्य हुने बताउनुभएको छ । नेपाली संस्कृतिलाई युवापुस्तामा हस्तान्तरणको चुनौति रहेको उहाँहरुको बुझाई छ ।
नलेज सोसाइटी नेटवर्क नेपाल तथा प्रसङ्ग राष्ट्रिय त्रैमासिक पत्रिकाले शुक्रबार यहाँ आयोजना गरेको ‘संस्कृति र...














