थारु सोहराई पर्व
थारु समुदायले हर्ष र उल्लासकासाथ मनाउने अर्को महत्वपूर्ण चाड सोहराई हो । तिहार, दिपावली, दिवाली वा यमपञ्चकलाई थारु समुदायले “सोहराई” भन्दछन् । दशैंपछिको सोह्रौं दिनमा पर्ने भएकोले यो चाडलाई सोहराई भनिएको हो भन्ने बुढापाकाहरुको भनाई छ । पूर्वका थारु समुदायले यो पर्वलाई “सुक्राइत” वा “सुक्राति” भन्दछन् भने पश्चिमका थारु समुदायले...












