माघी पर्वले थारु गाउँवस्ती उल्लासमय, भोलि १ गते ‘माघ लहान’
लक्की चौधरी
काठमाडौं, पुस ३० गते । नयाँ वर्ष माघी पर्वले थारु समुदायमा उल्लास छाएको छ । माघी पर्वलाई भव्य स्वागतकालागि थारु गाउँवस्ती तम्तयार भएको छ । माघीका स्वागतार्थ उपत्यकासहित हरेकजसो थारु गाउँमा माघी कार्यक्रमको तयारी गरिएको छ ।
पुसको अन्तिम दिन ३० गते हरेक थारु गाउँमा घरका सदस्यकालागि सुंगुर–बंगुर काट्ने प्रचलन...














