थारु संस्कृतिको प्रवर्दन गर्न झुम्का बजारमा महिलाले चलाए माघी महोत्सव
लक्की चौधरी
झुम्का (सुनसरी), माघ ६ गते । थारु समुदायमा प्रमुख पर्वकोरुपमा स्थापित माघी पर्वको अवसरमा झुम्का बजारमा थारु महिलाले आफ्नै नेतृत्वमा माघी महोत्सव २०७४ सञ्चालन गरेर उदाहरणीय सन्देश प्रवाह गरेका छन् ।
थारु महिला उत्थान समाज रामधुनी, सुनसरीको आयोजनामा भएको सातदिने थारु माघी तथा तिला संक्राइत महोत्सवले थारु संस्कार, संस्कृति, भेषभुषाको...














