थारु चित्रकला प्रेमीकालागि पुरस्कारसहितको चित्र प्रतियोगिता हुँदै

थारु चित्रकला प्रेमीकालागि पुरस्कारसहितको चित्र प्रतियोगिता हुँदै
काठमाडौं, कात्तिक २३ गते । थारु चित्रकला प्रेमीहरुका लागि थारु लोकचित्र कला प्रतियोगिता २०७४ काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा सफल चित्रकर्मीलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल हस्तकला महासंघ काठमाडौंको आयोजनामा आगामी मंसिर १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने चित्रकला प्रतियोगिताका लागि थारु, मैथिली र नेवारी समुदायको...

वाम शक्तिको घोषणापत्र सार्वजनिक, समृद्धिको साझा प्रतिवद्धता

वाम शक्तिको घोषणापत्र सार्वजनिक, समृद्धिको साझा प्रतिवद्धता
लक्की चौधरी काठमाडौं, कात्तिक २१ गते । वाम गठबन्धनमा आवद्ध नेकपा (एमाले) र माओवादी केन्द्रले मिलेरै लोकतन्त्र बलियो बनाउने बताएका छन् । विचार र मन मिल्ने शक्तिलाई सहकार्य गरेर अगाडि बढ्न पनि ती दलले सुझाव दिएका छन् । वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्र मंगलबार यहाँ सार्वजनिक कार्यक्रममा दुवै दलका अध्यक्षहरुले त्यस्तो सुझाव...

पुनर्गठित लोकतान्त्रिक फोरम मसाल चुनाव चिन्ह लिएर चुनाव लड्दै

पुनर्गठित लोकतान्त्रिक फोरम मसाल चुनाव चिन्ह लिएर चुनाव लड्दै
काठमाडौं, कात्तिक १६ गते । भानुराम थारु नेतृत्वको पुनर्गठित नेपाल लोकतान्त्रिक फोरम र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच चुनावी तालमेलका लागि सम्झौता भएको छ । पुनर्गठित लोकतान्त्रिक फोरमका नेताहरुले मसाल चुनाव चिन्हबाट निर्वाचनमा होमिएका छन् । यसअघि कात्तिक ८ गते दुवै पार्टीबीच चुनावी तालमेल र चुनाव चिन्हबारे सहमति बनेको थियो...

एमालेबाट समानुपातिक र प्रत्यक्षबाट सात–सात थारु उम्मेदवार (सूचीसहित)

एमालेबाट समानुपातिक र प्रत्यक्षबाट सात–सात थारु उम्मेदवार (सूचीसहित)
काठमाडौं, कात्तिक १६ गते । नेकपा (एमाले) बाट सातजना थारु समानुपातिक सूचीमा परेका छन् । समानुपातिक सूचीमा कैलाली भादा गाउँका हनुमान चौधरी पनि परेका छन् । त्यस्तै, प्रत्यक्षबाट पनि सातजना थारुले टिकट प्राप्त गरी चुनावी मैदानमा होमिएका छन् । समानुपातिकतर्फ अन्य थारुमा मझिलाल थारु (नवलपरासी), भुदेव चौधरी (बारा) गंगा चौधरी (दाङ), शान्ता...

विजय गच्छदार नेतृत्वको सप्तरीे जिल्ला समिति पुरै फोरम नेपालमा

विजय गच्छदार नेतृत्वको सप्तरीे जिल्ला समिति पुरै फोरम नेपालमा
सप्तरी, कात्तिक १५ गते । कांग्रेस नेता विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको पुरै सप्तरी जिल्ला कार्यसमिति संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । जिल्ला अध्यक्ष शैलेसकुमार चौधरीको नेतृत्वमा लोकतान्त्रिक फोरम सप्तरीमा आबद्ध सबै पदाधिकारीसहित कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेको सो दलले बताएको छ । राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा...

कांग्रेसले समानुपातिक उम्मेदवार सूची बनायो, थारु क्रमांकमा तल

कांग्रेसले समानुपातिक उम्मेदवार सूची बनायो, थारु क्रमांकमा तल
काठमाडौं, कात्तिक १५ गते । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको बताएको छ । सो दलले तयार गरेको सूचीमा धेरै तल थारुको नाम रहेकाले पर्ने सम्भावना झिनोमात्रामा रहने देखिन्छ । समानुपातिकमा क्रमसंख्याअनुसारले उम्मेदवारलाई छनोट गर्ने नियम बनेपछि अगाडि नाम पर्नेले अगाडि अवसर पाउनेछन् ।...

अब चुनाव जित्ने पालो मेरो हो, म उत्साहित छुँः नेतृ भगवती चौधरी

अब चुनाव जित्ने पालो मेरो हो, म उत्साहित छुँः नेतृ भगवती चौधरी
लक्की चौधरी सुनसरी, कात्तिक १२ गते । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरी सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचनमा होमिनु भएको छ । यसअघि दोस्रो संविधानसभा निर्वाचन २०७० मा झिनो मतले विजयकुमार गच्छदारसँग पराजित हुनुभएकी चौधरीले यसपाली आफ्नो जित सुनिश्चित् रहेको दावी गर्नुभयो...

शनिबार त्रिशुली नदीमा बस खस्यो, दुईजना थारुको मृत्यु कैयौं घाइते

शनिबार त्रिशुली नदीमा बस खस्यो, दुईजना थारुको मृत्यु कैयौं घाइते
धादिङ, कात्तिक ११ गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा शनिबार त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ। सो मध्ये दुईजना थारुको मृत्यु भएको देखिएको छ । अझै मृतकको संख्या बढ्नसक्ने अनुमान प्रहरीको छ । मृतक मध्ये ९ जना पुरुष, ७ जना महिला र ३...

असन्तुष्ट नेताहरुले नेपाल लोकतान्त्रिक फोरमलाई निरन्तरता दिने

असन्तुष्ट नेताहरुले नेपाल लोकतान्त्रिक फोरमलाई निरन्तरता दिने
लक्की चौधरी काठमाडौं, कात्तिक ७ गते । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसहित एक समूहले असोज ३० मा नेपाली कांग्रेसमा पार्टी समाहित भएको घोषणा गरेपनि असन्तुष्ट नेताहरुले पुनः सो पार्टी व्यूँताउने अभ्यासमा लागेका छन् । सो दलका सहअध्यक्ष भानुराम थारु नेतृत्वमा नेपाल लोाकतान्त्रिक फोरम व्यूँताउने अभ्यास भएको असन्तुष्ट नेताहरुले बताएका छन् ।...

थारु पत्रकार संघ नेपालसँग दाङ शाखाले माग्यो लिखित जवाफ

थारु पत्रकार संघ नेपालसँग दाङ शाखाले माग्यो लिखित जवाफ
काठमाडौं, कात्तिक ६ गते । थारु पत्रकार संघ नेपाल दाङ शाखाले असोज ७ गते शाखाको जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि आउन नसकेको कारणसहितको केन्द्रसँग लिखित जवाफ माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीलाई ज्ञापनपत्र बुझाउँदै दाङ शाखाका अध्यक्ष सन्तोष दहितले सो जवाफ माग गरेका हुन् । अधिवशेनमा केन्द्रीय प्रतिनिधि पठाउने...